images
images

अमेरिकी डलरको भाउ स्थिर हुँदा बढ्यो जापानी येन, रियालदेखि दिनारसम्म, विनिमय दर

अमेरिकी डलरको भाउ स्थिर हुँदा बढ्यो जापानी येन, रियालदेखि दिनारसम्म, विनिमय दर

सोमवार, पुस ८ २०८१
सोमवार, पुस ८ २०८१
  • अमेरिकी डलरको भाउ स्थिर हुँदा बढ्यो जापानी येन, रियालदेखि दिनारसम्म, विनिमय दर
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो, पाउण्ड स्टर्लिङ, स्वस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलर जापानी येन, साउदी रियाल, कुवेती र बहराइन दिनार तथा ओमनी रियाललगायतको भाउ बढेको छ ।

    केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ७३  पैसा र बिक्रीदर १३६ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

    युरो एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८५ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ १५ पैसा र बिक्रीदर १०० रुपैयाँ ६०  पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर ८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४०  पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।
     
    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४४२ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ६२ पैसा, ओमानी रियाल एकको खरिदर ३५२ रुयैयाँ ५३ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ०९ पैसा तोकिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार