images
images

मेटलाइफ नेपालद्वारा बाढी पहिरो पीडितहरूका लागि सरकारी कोषमार्फत २५ लाख सहयोग

मेटलाइफ नेपालद्वारा बाढी पहिरो पीडितहरूका लागि सरकारी कोषमार्फत २५ लाख सहयोग

मंगलवार, असोज २२ २०८१
मंगलवार, असोज २२ २०८१
  • मेटलाइफ नेपालद्वारा बाढी पहिरो पीडितहरूका लागि सरकारी कोषमार्फत २५ लाख सहयोग

    काठमाडौँ / मेटलाइफ नेपालले प्रभावित समुदायहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

    images
    images
    images
    images

    मेटलाइफले असोज १० देखि १२ सम्म नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो र व्यापक डुबानका कारण प्रभावित परिवारका लागि उक्त सहयोग गरेको हो । 

    भारी वर्षाले देशभरि ठूलो क्षति पु¥याएको छ, धेरै परिवारहरू विस्थापित भएका छन् र तत्काल प्रभावित क्षेत्रहरुमा सहायताको आवश्यकता छ ।

    यस योगदानले देशको बृहत् पुनःस्थापना प्रयासहरूलाई सहयोग गर्दै बाढी र पहिरोबाट प्रभावितहरूको तत्काल आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

    वाग्मती र नख्खु नदीले घेरिएको काठमाडौं नजिकका क्षेत्र लगायत नेपालका पूर्वी र दक्षिणपूर्वी क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्, जसमा २०० भन्दा बढीको मृत्यु भएको छ, १५८ घाइते भएका छन् र २८ जना बेपत्ता भएका छन् । 

    राजमार्गहरू, जलविद्युत स्टेशनहरू, र सडकहरू सहित प्रमुख पूर्वाधारहरूमा विनाशहरू भएका थिए, जसका कारण १३,०००  भन्दा बढी मानिसहरूलाई उद्धारको आवश्यकता परेको थियो ।

    मेटलाइफ नेपालका महाप्रबन्धक, निर्मलकाजी श्रेष्ठले भने, “अहिले हाम्रो ध्यान यस विपद् पछि संघर्ष गरिरहेका मानिसहरूलाई मद्दत गर्ने कुरामा छ । हामी आशा गर्छौं कि राहत कोषमा हाम्रो योगदानले जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ उनीहरूलाई केही सान्त्वना र समर्थन गर्दै राहत र पुनःस्थापना प्रक्रियामा मद्दत गर्नेछ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार