images
images

कामना सेवा विकास बैंक र बुद्ध एयरबिच सम्झौता, बैंकका ग्राहकहरूलाई बुद्धमा आकर्षक छुट

कामना सेवा विकास बैंक र बुद्ध एयरबिच सम्झौता, बैंकका ग्राहकहरूलाई बुद्धमा आकर्षक छुट

बुधवार, असोज २३ २०८१
बुधवार, असोज २३ २०८१
  • कामना सेवा विकास बैंक र बुद्ध एयरबिच सम्झौता, बैंकका ग्राहकहरूलाई बुद्धमा आकर्षक छुट
    images
    images

    काठमाडौँ / कामना सेवा विकास बैंकले बुद्ध एयर प्रा.लि.सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरू तथा ग्राहकका परिवार सदस्यहरूले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउनेछन् । 

    साथै, सम्पूर्ण आन्तरिक बिमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको मोबाईल बैंकिङ मार्फत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डका प्रयोगकर्ता तथा ग्राहकका परिवार सदस्यहरूले ८ प्रतिशतको छुट पाउनेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण सेवाग्राहीले विशेष लाभ लिने विश्वास रहेको बैंकले जनाएको छ । 

    उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक हरिप्रसाद लम्साल र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रूपेश जोशीले हस्ताक्षर गरेका छन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार