images
images

पाँच दिनमा कपिलवस्तुका २१ स्थानमा मन्त्री अधिकारीले गरे सार्वजनिक सुनुवाई

पाँच दिनमा कपिलवस्तुका २१ स्थानमा मन्त्री अधिकारीले गरे सार्वजनिक सुनुवाई

मंगलवार, असोज २९ २०८१
मंगलवार, असोज २९ २०८१
  • पाँच दिनमा कपिलवस्तुका २१ स्थानमा मन्त्री अधिकारीले गरे सार्वजनिक सुनुवाई

    कपिलवस्तु / कपिलवस्तु क्षेत्र नम्वर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य एवं हाल संघीय सरकारका भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले कपिलवस्तुका ३ वटै निर्वाचन क्षेत्रका जनतासंग प्रत्यक्ष भेटघाट गरी दशैं मनाएका छन् ।

    images
    images
    images
    images

    बिजयादशमीको टिका नभए पनि गएको बिहिवारदेखि सोमवारसम्म मन्त्री अधिकारीले कपिलवस्तुका २१ स्थानका सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भएका छन् । 

    कार्यक्रममा मन्त्री अधिकारीले जनताको समस्या सुन्ने र समाधानको बिकल्प र प्रयासबारे जनतालाई जानकारी गराएका थिए । 

    कतिपय सार्वजनिक सुनुवाई कार्यक्रममा मन्त्री अधिकारीले जनताका सरोकारका र गुनासोकाबारेमा जिल्लास्तरका कार्यलय प्रमुखलाई फोन गरी तुरुन्त समस्या समाधान गर्न निर्देशन समेत दिएका छन् । 

    मन्त्री अधिकारीका प्रमुख स्वकीय सचिव भेषराज पाण्डेका अनुसार बिहिवार मन्त्री अधिकारीले कपिलवस्तु निर्वाचन क्षेत्रको दक्षिण भेगमा रहेका लवनी, बरगदवा, बल्लुहवा, पचेरा, सिसनीय, हर्नामपुर, नन्दनगर, जगदीशपुरलगायका स्थानमा निर्वाचन क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाट र सार्वजनिक सुनुवाई गरेका छन् । 

    शुक्रवार मन्त्री अधिकारीले कविपलस्तुको क्षेत्र नम्वर ३ मा रहेको कृष्णनगर, बहादुरगञ्ज, चनैई, शिवराज, बिजयनगर गाँउपालिकालगायत ५ स्थानमा सार्वजनिक सुनुवाई गरिएको थियो । 

    शनिबार दसैं टिकाको दिन ब्यक्तिगत र आफनो टोल र बाणँगगा नगरपालिकामा ब्यक्तिगत र महत्त्वपूर्ण भेटघाटमा समय दिएका मन्त्री अधिकारीले आईतवार र सोमवार ९ स्थानमा सार्वजनिक सुनुवाई गर्दै आफु कपिलवस्तुको सर्वाङ्गीण विकासमा प्रतिवद्ध रहेको र संघ, प्रदेश र स्थानीय तहबिच समन्वय र प्रभावकारी काम मार्फत जिल्लाको बिकास सम्भव भएको मन्त्री अधिकारीको भनाई छ । 

    छिट्टै भूमि आयोग गठन गरेर कपिलवस्तुलगायत देशभरकै भूमि समस्या स्थायीरुपमा समाधान गर्ने मन्त्री अधिकारीले प्रतिवद्धता जनाए । नेकपा एमालेले कपिलवस्तुका ३ प्रतिनिधि सभामध्ये दुई स्थान र ६ प्रदेश सभामा ४ स्थानमा बिजयी भएको छ भने अन्य ३ स्थानमा झिनो मतान्तरले दोस्रो बन्न पुगेको थियो । 

    कपिलवस्तु जिल्लालाई एमालेले आफनो पकट जिल्लाकोरूपमा गणना गदैं आएको छ । संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनले पनि त्यो कुरालाई पुष्टि गरेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार