images
images

कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित

कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित

बुधवार, असोज ३० २०८१
बुधवार, असोज ३० २०८१
  • कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित

    काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडको वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । काठमाडौँको लिसारा रिसेप्सन, नक्सालमा बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा बैंकको १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

    images
    images
    images
    images

    सभाले ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश (कर समेत) गरि कुल १२ प्रतिशत लाभांश पारित गरेको छ ।

    साथै, उक्त साधारणसभावाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८०/८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसावलगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले पारित गरेको छ । 

    त्यस्तै, सभाले १०० रुपैयाँ दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुने गरि अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धि गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरूसमेत पारित गरेको छ । 

    उक्त साधारणसभाले आ.व. २०८१/०८२ को लेखापरीक्षण नियुक्ति गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । 

    साधारणसभामा सेयरधनीहरूको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेश थकालीले दिएका थिए । 

    सो क्रममा सिइओ थकालीले शेयरधनीहरूको सुझाव, स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरू हासिल हुने गरी कार्य सञ्चालन गरिएको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार