images
images

घरजग्गाको कारोबार ओरोलो लाग्दा राजस्व सङ्कलन पनि घट्यो

घरजग्गाको कारोबार ओरोलो लाग्दा राजस्व सङ्कलन पनि घट्यो

कोरोना महामारी सुरू भएसँगै घट्न थालेको घरजग्गा कारोबारले अझै पनि लय समात्न सकेको छैन। जसकारण राजस्वमा पनि कमि आएको छ ।

शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • घरजग्गाको कारोबार ओरोलो लाग्दा राजस्व सङ्कलन पनि घट्यो

    काठमाडौँ / घरजग्गा कारोबारमा कमी आउँदा राजस्व सङ्कलन प्रभावित भएको छ ।

    images
    images
    images
    images

    कोरोना महामारी सुरू भएसँगै घट्न थालेको घरजग्गा कारोबारले अझै पनि लय समात्न सकेको छैन। जसकारण यसबाट सङ्कलन हुने राजस्वमा पनि कमि आएको छ । 

    भूमि व्यववस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार चालु अर्थिक वर्ष २०८१/८२ को असोज महिनामा देशभर ३० हजार पाँच सय २७ संख्यामा घरजग्गा कारोबार भएको छ। यो गत वर्ष असोजमा भएको कारोबारको तुलनामा २३.४५ प्रतिशतले न्यून हो। गत वर्ष असोजमा ३९ हजार ८ सय ८१ संख्यामा घरजग्गा कारोबार भएको थियो।

    यस्तै, साउनमा ४३ हजार ८ सय ६५ लिखत पारित भएको थियो । गत आव सोही महिनामा ३९ हजार २ सय ६३ मात्रै लिखत पारित भएको थियो । साउनमा अघिल्लो वर्षको तुलनामा बढेको लिखत पारित भदौमा नै घट्यो । गत वर्ष भदौमा ३५ हजार ६ सय ८६ लिखत पारित भएकोमा चालु आव ३२ हजार ७ सय ९८ मात्रै लिखत पारित भयो ।

    असोजमा दसैँ माहोलले गर्दा कारोबार दिन पनि कम हुने गरेको व्यवसायीहरू बताउछन् । गत वर्ष कात्तिकमा परेको दसैँ यस वर्ष असोजमा पर्‍यो । असोज अन्तिम साता दसैँले कार्यालय बन्द हुँदा त्यसको असर समेत देखियो । गत वर्ष असोजमा ३९ हजार ८ सय ८१ लिखत पारित भएकोमा यो वर्ष ३० हजार ५ सय २७ मात्रै पारित भएको विभागको तथ्याङ्क छ ।

    घट्यो राजस्व पनि 

    सरकारलाई असोजमा भएको घरजग्गा कारोबारबाट तीन अर्ब रूपैयाँ राजस्व प्राप्त भएको छ। यो गत असोजमा प्राप्त राजस्वको तुलनामा एक अर्ब कम हो। गत वर्ष असोजमा चार अर्ब रूपैयाँ राजस्व प्राप्त भएको थियो।सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।

    चालु आवको साउनमा ३ अर्ब ८३ करोड ५१ लाख राजस्व संकलन भएको थियो । जुन गत वर्ष साउनमा संकलन भएको २ अर्ब ९१ करोड ४ लाखको तुलनामा धेरै हो । भदौमा पनि गत वर्ष ३ अर्ब ४ करोड ५९ लाख राजस्व संकलन भएकोमा चालु आव केही बढेर ३ अर्ब ९ करोड ३ लाख राजस्व संकलन भएको थियो । तर, असोजमा भने राजस्व उच्च दरमा घटेको छ । यसले समग्र घरजग्गा कारोबारमा सुस्तता रहेको देखाउँछ ।

    कारोबारमा तराई र राजस्वमा उपत्यकाका मालपोत अगाडि

    असोजमा पनि घरजग्गा कारोबारमा झापा, सुनसरी, मोरङ र मधेश प्रदेशका मालपोत कार्यालय अगाडि देखिएका छन् । विभागको अनुसार असोजमा सुनसरी इनरुवा मालपोतबाट १ हजार १ सय ८५, धनुषा जनकपुरधाम मालपोत १ हजार १ सय ७, मोरङ बेलबारी मालपोत १ हजार १६, सप्तरी राजविराज मालपोत ९ सय ९, झापा भद्रपुर मालपोत ८ सय ६३, भक्तपुर मालपोत ८ सय २१, कपिलवस्तु तौलिहवा मालपोत ७ सय १८ तथा सर्लाही मलंगवा मालपोत र ललितपुर लगनखेल मालपोतमा ७ सय १० लिखत पारित भएको छ ।

    जग्गा कारोबारमा अधिकांश तराईका मालपोत कार्यालय अगाडि हुँदा राजस्व संकलनमा काठमाडौं उपत्यकाका मालपोत कार्यालय अगाडि छन् । असोजमा ३ अर्ब ८ करोड १२ लाख राजस्व संकलन भएकोमा सेवा कर २६ करोड ८१ लाख, रजिस्ट्रेसन दस्तुर १ अर्ब ९४ करोड ७६ लाख र पुँजीगत लाभकर १ अर्ब ११ करोड ६३ लाख छ । २७ करोड ८४ लाख राजस्व छुट दिएको विभागको तथ्यांक छ ।

    असोजमा काठमाडौं डिल्लीबजार मालपोतबाट सर्वाधिक ३० करोड ६६ लाख, ललितपुर लगनखेल मालपोत ३० करोड २६ लाख, भक्तपुर मालपोत २५ करोड ३९ लाख, काठमाडौँ चाबहिल मालपोत २३ करोड ६८ लाख र काठमाडौँकै कलंकी मालपोतबाट २० करोड ४८ लाख राजस्व संकलन भएको छ । उपत्यका बाहिर चितवन मालपोतबाट ११ करोड १६ लाख, कास्की मालपोत ८ करोड ४९ लाख र काभ्रेपलाञ्चोक मालपोतबाट ६ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार