images
images

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा : शनिबार ११ जना सडक आश्रित मानवहरूको उद्धार

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा : शनिबार ११ जना सडक आश्रित मानवहरूको उद्धार

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा : शनिबार ११ जना सडक आश्रित मानवहरूको उद्धार

    जनकपुरधाम / मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको छ।

    images
    images
    images
    images

    ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । 

    मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार लहान नगरपालिका वडा–१ बाट २ जना, वडा-३ बाट ३ जना, गोलबजार नगरपालिका–६ बाट २ जना र मिर्चैया नगरपालिका-७ बाट १ जना गरि  सिरहाबाट ८ जना र त्यस्तै धनुषा जिल्लाको जनकपुरधाम नगरपालिकाबाट -१ बाट २ जनाको उद्धार भएको हो । 

    मेचीनगरदेखि सुरु भएको यात्रा शनिबार जनकपुरधामसम्म आइपुग्दा ६८ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । 

    manab uddhar.JPG

    उद्धार भएका ८ जना पुरुष र ३ जना महिलालाई आजै  मानवसेवा आश्रम जनकपुरधाम सेवा केन्द्रमा गृह प्रवेशका लागि लगिएको छ । 

    उद्धार टोली आइतबार जनकपुरधाम, महेन्द्रनगर, ढल्केबर, बर्दिबास हुँदै गौशालामा सहभोज गरि सर्लाहीका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका मानवहरुको उद्धार तथा सेवामा रहने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार