images
images

रविमाथि थुनछेक बहस सकियो, प्रहरीद्वारा ६ दिनको समय माग

रविमाथि थुनछेक बहस सकियो, प्रहरीद्वारा ६ दिनको समय माग

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • रविमाथि थुनछेक बहस सकियो, प्रहरीद्वारा ६ दिनको समय माग
    images
    images

    काठमाडौँ / पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएको छ । 

    जिल्ला अदालत कास्कीमा उनीमाथिको थुनछेक बहस सकिएको हो ।
    अनुसन्धान गर्न म्याद थपका लागि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो । 

    जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका हुन् । 

    लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।  बहसपछि उनलाई तारिखमा छाड्ने वा थुनामै राखेर अनुसन्धान गर्नेबारे निर्णय अदालतले दिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार