images
images

रवि लामिछाने पक्राउ पर्नु उनको कर्मको फल हो : कांग्रेस नेता शिवाकोटी

रवि लामिछाने पक्राउ पर्नु उनको कर्मको फल हो : कांग्रेस नेता शिवाकोटी

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • रवि लामिछाने पक्राउ पर्नु उनको कर्मको फल हो : कांग्रेस नेता शिवाकोटी

    काठमाडौँ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नुलाई उनको ‘कर्मको फल’ को संज्ञा दिएका छन् । 

    images
    images
    images
    images

    आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामिछाने पक्राउ पर्नुमा कुनै पूर्वाग्राह नरहेको बताएका हुन् । 

    ‘यो पक्राउ न प्रतिशोध हो, न कुनै पूर्वाग्रह हो । यो उहाँको कर्मको फल हो । कर्मको फलअनुसार उहाँले भोगिरहनु भएको छ । जोशीजी (छविलाल जोशी) सँगै पक्राउ पर्नुपर्थ्यो । यद्यपि ढिला भयो,’– उनले भने । 

    साथै, लामिछानेमाविरुद्ध सहकारी ठगी, सम्पत्ति सुद्धीकरण, जालसाँझी, किर्ते र संगठित अपराधमा अनुसन्धान अगाडि बढ्ने उनले बताए । उनले आजको दिनसम्म सहकारी ठगीमा एक हजार ६ सय व्यक्ति जेलमा रहेको बताए ।

    जिबी राईजस्तै ६ सय व्यक्तिहरु अहिले पनि फरार रहेको उनले बताए । थुनामा रहेका लामिछाने र १ हजार ६ सय व्यक्ति कानुनको नजरमा बराबरी रहेको उनले बताए । नेता शिवाकोटीले सहकारी ठगीमा पक्राउ परेका लामिछाने एक्ला व्यक्ति होईनन् भन्ने बुझ्न आवश्यक रहेको बताए । 

    साथै, रास्वपाका नेताहरुको अहिले अनुसन्धानलाई नै प्रभावित पार्ने गरी प्रदर्शन गरिरहेको उनले बताए । त्यस्तै, नेता शिवकोटीले शालिकराम पुँडासैनी प्रकरणमा लामिछानेले भीड जम्मा गरेर न्यायलयलाई प्रभावित पारेको दाबी गरे । अहिले पोखरामा पनि त्यही प्रयास भइरहेको उनको आरोप छ । 

    ‘शालिकराम पुँडासैनीको आत्महत्या  प्रकरणमा भीड जम्मा गरेर न्यायलयलाई प्रभावित पारेर जसरी काम भइरहेको छ, अहिले पनि त्यही प्रयास । भीड जम्मा गरेर न्यायलयलाई प्रभावित पार्ने काम रवि लामिछाने र उनका समर्थकहरुले गरिरहेका छन्,’– उनले भने । 

    लामिछाने गोर्खा मिडियाको एमडीमात्रै नभएर शेयर होल्डर रहेको बताउँदै उनले सहकारीको पैसा ल्याउने क्रममा संगठित रुपमा भएको बताए । कांग्रेस, एमाले वा रास्वपा जुनसुकै राजनीतिक दलमा भएपनि सहकारी ठगीजस्तो कुकृत्यका विरुद्धमा सरकारले काम गर्नुपर्ने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार