images
images

रवि, छवि र जिबीले ‘फाइनन्सियल स्क्याम’ गरेका छन्, गहिरो अनुसन्धान हुनुपर्छ : वरिष्ठ अधिवक्ता भण्डारी

रवि, छवि र जिबीले ‘फाइनन्सियल स्क्याम’ गरेका छन्, गहिरो अनुसन्धान हुनुपर्छ : वरिष्ठ अधिवक्ता भण्डारी

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • रवि, छवि र जिबीले ‘फाइनन्सियल स्क्याम’ गरेका छन्, गहिरो अनुसन्धान हुनुपर्छ : वरिष्ठ अधिवक्ता भण्डारी

    काठमाडौँ / संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले सहकारीको पैसा गोर्खा मिडियामा आउनुलाई फाइनन्सियल स्क्यामको संज्ञा दिएका छन् । 

    images
    images
    images
    images

    आज (आइतबार) रिपोर्टर्स क्लब नेपालद्वारा समसामयिक विषयमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले संठगित रुपमा गोर्खा मिडियामा  सहकारीको पैसा आएको पाइएको बताएका हुन् । 

    उक्त पैसाको सन्दर्भमा रवि लामिछाने, जिबी राई र छविलाल जोशी उत्तरदायी हुनै पर्ने उनले बताए । उक्त पैसा सहकारी सञ्चालकसँगको मिलेमतोमा विना धितो ल्याइएको पाइएको पनि उनले बताए । 

    ‘त्यो सहकारीका सञ्चालकसँग नमिली सहकारीबाट विना धितो पैसा आएको छैन । त्यसैले सहकारीका सञ्चालकहरुको योजनामा यो पैसा आएको छ । यसमा एउटा भूमिका खेल्ने सहकारीका सञ्चालक हुन् । सहकारीको पैसा टेलिभिजन खोल्न लगानी गर्न पाइँदैन । यो नै गैरकानुनी छ । धितो नराखी पैसा लिन पाईँदैन । रविजीहरुको यो समूहले विना धितो पैसा लिएको छ,’– वरिष्ठ अधिवक्ता भण्डारीले भने । 

    उनले गोर्खा मिडियाले सहकारीको पैसा ल्याएको विषय सामान्य किसिमको ठगी नभएको बताए । यसलाई गहिरो किसिमले अध्ययन गरिनुपर्ने उनको माग छ । ‘यो सामान्य किसिमको ठगी नभएर फाइनन्सियल स्क्याम हो । यस्ता फाइनन्सियल स्क्यामहरुलाई गहिरोगरी अध्ययन र अनुसन्धान गरिनुपर्छ,’– उनले भने । 

    साथै, कम्पनीको प्रबन्ध निर्देशक सो कम्पनीको सम्पूर्ण कुराका लागि उत्तरदायी हुनुपर्ने बताउँदै उनले लामिछानेलाई पक्राउ गरिएको विषय काुननतः ठीक रहेको बताए । रवि लामिछानेको पक्षमा अहिले सडकमा देखिएका मान्छेले लोकतन्त्रमाथि नै गम्भीर प्रश्न खडा गरेको उनको भनाइ छ । 

    अदालतले पक्राउ पुर्जी दिएर पक्राउ परेको मान्छेको पक्षमा जनता सकडमा आउनु दुःखद् रहेको उनले बताए । यसले कानुनको शासनलाई बलियो नबनाउने उनको भनाइ छ । 

    ‘लगत कुरालाई गलत भन्न नसक्ने । सही कुरालाई सही भन्न नसक्ने । अपराधको दोषारोपण भएर अदालतको क्षेत्राधिकारमा गएको व्यक्तिलाई बचाउनको निमित्त नागरिक कसरी सडकमा आउनसक्छ ? जिम्मेवार नागरिक, लोकतन्त्रप्रति आस्था भएको नागरिक, कानुनको शासनप्रति आस्था भएको नागरिकले कसरी यो कुरालाई समर्थन गर्न सक्छ ? म चकित छु,’– उनले भने । 

    साथै, राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेलाई बचाउन सडकमा निस्किनु नै अराजनीतिक, अलोकतान्त्रिक र कानुनको शासनको विपरीत रहेको उनले बताए । मुलुकमा रहेको बेथिति र भ्रष्टाचारलाई संस्थागत गर्नलाई रास्वपा कांग्रेस, एमाले र माओवादीभन्दा पनि दुई कदम अगाडि बढेको उनको टिप्पणी छ । 

    उनले आम नागरिकलाई रवि लामिछानेको पक्षमा भन्दा पनि सहकारी पीडितको पक्षमा सडकमा निस्किन आग्रह गरे । व्याजसहित पैसा फिर्ता नभएसम्म सहकारी पीडितले न्याय नपाउने उनले बताए । सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष छन् भन्न रास्वपालाई लाज लाग्नुपर्ने उनले बताए । रास्वपाले अहिले अपराधको राजनीतिकरण गरिरहेको उनको टिप्पणी छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार