images
images

सहकारी ठगीमा ९५ प्रतिशत कांग्रेस–एमालेका नेता संलग्न छन् : विश्लेषक भण्डारी

सहकारी ठगीमा ९५ प्रतिशत कांग्रेस–एमालेका नेता संलग्न छन् : विश्लेषक भण्डारी

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • सहकारी ठगीमा ९५ प्रतिशत कांग्रेस–एमालेका नेता संलग्न छन् : विश्लेषक भण्डारी

    काठमाडौँ / राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले सहकारी क्षेत्रको कूल ८७ अर्ब अपचलन प्रकरणमा सबैभन्दा कान्छो राष्ट्रिय स्वतन्त्र पार्टी रहेको टिप्पणी गरेका छन् । 

    images
    images
    images
    images

    रवि लामिछाने नेतृत्वको पार्टीमा संलग्न मानिसहरुले सहकारी १४ अर्ब घोटला गरेको बाँकी कांग्रेस, एमाले र माओवादीको भागमा रहेको बताए । 

    आज (आइतबार) रिपोर्टर्स क्लब नेपालद्वारा समसामयिक विषयमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले ९५ प्रतिशत सहकारी ठगीको हिंस्सा कांग्रेस र एमालेको भागमा रहेको बताए । 

    ‘करिब १४ अर्बको घोटला रवि लामिछानेसम्बद्ध पार्टी देखिन्छ । ८७ अर्बमध्ये बाँकी अरु तीन पार्टीहरुको भागमा पर्छ । ९५ प्रतिशत जति कांग्रेस र एमालेको भागमा पर्छ । माओवादी गरिब पार्टी भएकाले एक जनामात्रै रहेछन् ठग । त्यो भन्दा पनि गरिब भएकाले राप्रपाको पनि एक जना भए । यो रास्वपा भन्ने गरिबमध्येको पहिलो रहेछ, यसले १४ अर्ब घोटला गर्यो,’– उनले भने । 

    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा कृष्णबहादुर महरा,  बालकृष्ण खान, टोपबहादुर रायमाझीलगायत जेल पर्दा कांग्रेस, एमाले, माओवादी कोही पनि सडकमा नआएको उनले बताए । रवि लामिछानेको पक्राउ पर्दा नेता तथा कार्यकर्ता सडकमा आउनुको कुनै औचित्य नरहेको उनले बताए । रास्वपा रवि लामिछानेको गोजीको पार्टी रहेको उनको टिप्पणी छ । 

    राज्यले भन्दा पनि रवि लामिछानेले प्रतिशोध साँधेको उनको दाबी छ । पक्राउ पर्नेबेलामा फर्किएर आएपछि यिनीहरुलाई यही हातले जेल हाल्छु भन्नु प्रतिशोधबाहेक अरु केही हुन नसक्ने उनको भनाइ छ । लोकतन्त्रमा प्रचलित कानुनले जे भनेको हुन्छ, त्यो भोग्नका लागि सबै तयार हुनुपर्ने उनले बताए ।  भण्डारीले सहकारीको हकमा अहिलेसम्म छिपछिपेमात्रै कुरा भइरहेको बताए । 

    सहकारीमा जम्मा भएको रकमको पारदर्शिता नै नरहेको उनले बताए । सूर्य थापाले सहकारीमा आएको रकमको पारदर्शिता खोज्न खुट्टा कमाएको उनको आरोप छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार