images
images

स्वास्थ्यको ख्याल गर्नुहुन्छ ? बिहानै उठेर मनतातो पानी पिउनुका फाइदाहरू थाहा पाउनुहोस्

स्वास्थ्यको ख्याल गर्नुहुन्छ ? बिहानै उठेर मनतातो पानी पिउनुका फाइदाहरू थाहा पाउनुहोस्

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • स्वास्थ्यको ख्याल गर्नुहुन्छ ? बिहानै उठेर मनतातो पानी पिउनुका  फाइदाहरू थाहा पाउनुहोस्

    बदलिदो जीवनशैली र फेरिदो समाजका कारण हामीले खाना खाने पानी पिउने समय पनि भुलिरहेका हुन्छौँ । सधैँ कामको पछि दौडदा दौडदै आफैँलाई भुलिरहेका हुन्छौँ ।

    images
    images
    images
    images

    आखिर हामीले आफ्नै जिवनसँग खेलबाड गरिरहेका हुन्छौँ। थाहा पाइकन पनि स्वास्थ्य विगारिरहेका हुन्छौँ। पानी त्यस्तो चिज हो हामीले सर्वसुलभ पाउँछौं सहजै अपनाउन सक्छौँ । यसैले पानीको भरपुर सदुपयोग गर्न सक्नुपदर्छ । हेर्नुस् उठ्नेवित्तिकै पानी पिउनाका फाइदाहरु केके छन् ?

    १. बिहान सबेरै खाली पेटमा मनतातो पानी पिउँदा हाम्रो शरिरमा भएको टक्सिन सफा भई रगत शुद्ध बनाउँछ । र राम्ररी रक्तसञ्चार हुन पाउँछ ।

    २. यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउन शुरु गरिहाल्नुस् । यसबाट तौल कम गर्न सकिन्छ ।

    ३. शरीरले पोषक तत्व सजिलै प्राप्त गरी पाचन प्रक्रिया पनि राम्रो हुन्छ।

    ४. बिहानै उठेर पानी पिउँदा शरीरको रगत समेत सफा हुन्छ ।

    ५. खाली पेट पानी पिउँदा हाम्रो शरीरको तापक्रम पनि नियन्त्रणमा रहन्छ ।

    ६ . बिहान उठेर पानी अवश्य पिउनुस् किनकी बिहान हाम्रो दिमाग शान्त हुन्छ । यतिखेर दिमागलाई भरपूर अक्सिजन प्राप्त भएर ताजा भइरहेको हुन्छ । पानी पिउँदा दिनभरि तनावबाट राहत प्राप्त हुन्छ ।

    ७. बिहानै उठेर पानी पिउने प्रक्रिया नियमित पानी पिएमा छालामा कान्ति आउँछ । चमक थपिन्छ ।

    ८. शरीरका मांसपेशी पनि बलियो हुन्छ । कोशिका निर्माण हुँदै जान्छ ।

    ९ . खाली पेटमा पानी पिउँदा मेटाबोलिजम् सक्रिय हुन्छ ।

    १०. रुघाखोकी लागेको बेला पर्याप्त मनतातो पानीले ओखतिको रुपमा काम गर्छ ।

    ११. बिहानै उठेर पानी पिएमा कब्जियतको समस्याबाट छुट्कारा मिल्छ ।

    १२. बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार