images
images

आगामी तीन दिनको मौसम : कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित बर्षा र हिमपातको सम्भावना ?

आगामी तीन दिनको मौसम : कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित बर्षा र हिमपातको सम्भावना ?

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • आगामी तीन दिनको मौसम : कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित बर्षा र हिमपातको सम्भावना ?

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

    images
    images
    images
    images

    हाल लुम्बिनी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

    मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको भईरहेको छ ।

    आज सोमबार दिउँसो लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

    सोमबार राति देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    मंगलबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। मंगलबार राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    बुधबार दिउँसो देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    बुधबार राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    वर्षाको सम्भावना तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार