images
images

वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस सुरु, विभिन्न स्पर्धाका ५० खेल सम्पन्न

वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस सुरु, विभिन्न स्पर्धाका ५० खेल सम्पन्न

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस सुरु, विभिन्न स्पर्धाका ५० खेल सम्पन्न

    वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

    images
    images
    images
    images

    प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । 

    प्रतियोगितामा सिनियर, जुनियर र भेट्रान गरी जम्मा २४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । करिब १ सय ५० खेलाडीको सहभागिता रहेको प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शनिबारसम्म चल्ने छ । 

    नेपाली टेनिसको इतिहासमा यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो । कुल पुरस्कार राशी ९ लाख ३२ हजार ३ सय ७५ रुपैयाँ रहेको छ । पहिलो दिन विभिन्न स्पर्धाका ५० खेल सम्पन्न भए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार