images
images

मेटलाइफ नेपालका बीमितलाई विलम्ब शुल्कमा शत प्रतिशत छूट

मेटलाइफ नेपालका बीमितलाई विलम्ब शुल्कमा शत प्रतिशत छूट

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • मेटलाइफ नेपालका बीमितलाई विलम्ब शुल्कमा शत प्रतिशत छूट

    काठमाडौँ / मेटलाइफ नेपालले ग्राहकहरूलाई विलम्ब शुल्कको थप आर्थिक दबाब बिना आफ्नो जीवनको सुरक्षा जारी राख्ने बहुमूल्य अवसर प्रदान गरिरहेको छ ।

    images
    images
    images
    images

    ग्राहकहरूको बीमालेख पुनर्जागरण अभियान मार्फत, मेटलाइफले पाँच वर्षसम्मको व्यतित जीवन बीमालेखहरूको लागि विलम्ब शुल्कमा १०० प्रतिशत छुट र पाँच वर्षभन्दा बढी समय पुगेका व्यतित बीमालेखहरूको लागि ६० प्रतिशत छूट प्रदान गर्नेछ ।

    यस पहलले आर्थिक कठिनाइहरूको सामना गरेका बीमालेख धारकहरूलाई उनीहरूको बीमा सुरक्षा पुर्नस्थापित गर्न र उनीहरूको भविष्यको सुरक्षा गर्न सुविधा दिने उद्देश्य राखेको छ ।

    मेटलाइफले कम्पनीको वेबसाइटमा पुनर्जागरण फारम उपलब्ध गराएर ग्राहकहरूलाई थप सहजता प्रदान गर्दै पुनर्जागरण प्रक्रियालाई सरल बनाएको छ ।

    मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘यो अभियानले हाम्रा ग्राहकहरूलाई अप्रत्याशित जोखिम र चुनौतीहरूबाट जोगाउन मद्दत गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ । हामी सबै बीमालेख धारकहरूलाई यस अवसरको फाइदा उठाउन र मेटलाइफसँग आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न प्रोत्साहन गर्छौं।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार