images
images

तीन महिनामा सिद्धार्थ बैंकको नाफा करिब ९ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

तीन महिनामा सिद्धार्थ बैंकको नाफा करिब ९ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • तीन महिनामा सिद्धार्थ बैंकको नाफा करिब ९ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

    काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडको खुद नाफा करिब ९ गुणाले बृद्धि भएको छ । बैंकले प्रकाशित गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्म गत बर्षको सोही अवधिको तुलनामा ३३ करोड ९२ लाख २२ हजार रुपैयाँ बढी नाफा कमाएको हो । समीक्षा अवधिमा बैंकको नाफा ७९१.४३ प्रतिशतले बढेको हो ।

    images
    images
    images
    images

    गत बर्ष असोज मसान्तसम्म बैंकले ४ करोड २८ लाख ६२ हजार नाफा कमाएकोमा यस बर्ष सोही अवधिमा ३८ करोड २० लाख ८४ हजार रुपैयाँ नाफा कमाएको हो । खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा उच्च बृद्धि तथा इम्पेरिमेन्ट चार्ज (रिर्भस) घटेसँगै बैंकले नाफा रकममा उल्लेखनीय बृद्धि गर्न सकेको हो । 

    असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ६.०१ प्रतिशतले बढेर २ अर्ब ८ लाख ८ करोड ८२ लाख ८७ हजार रुपैयाँ पुगेको छ । गत बर्ष सोही अवधिमा बैंकको यस्तो आम्दानी १ खर्ब ९६ करोड ९८ लाख रुपैयाँ मात्रै थियो । 

    त्यस्तै, कुल सञ्चालन आम्दानीसमेत ८.८६ प्रतिशतले बढेको छ । बैंकको यस्तो आम्दानी २ अर्ब ४७ करोड २५ लाख रुपैयाँबाट बढेर २ अर्ब ६९ करोड १६ लाख रुपैयाँ पुगेको हो ।
    यता, बैंकको इम्पेरिमेन्ट चार्ज (रिभर्स) २९.८९ प्रतिशतले घटेर १ अर्ब ५० लाख १३ हजार रुपैयाँ कायम भएको छ । गत बर्ष भने यस्तो रकम १ अर्ब ४३ करोड ३५ लाख ६३ हजार रुपैयाँ थियो । 

    यता, बैंकको सञ्चालन मुनाफामा उल्लेखनीय अर्थात ७९१.४३ प्रतिशतले बृद्धि गरेको छ । गत बर्ष असोज मसान्तमा ७ करोड ९७ लाख ७८ हजार रुपैयाँ मात्रै सञ्चालन मुनाफा गरेको यो बैंकले समीक्षा अवधिमा भने यो रकम बढाएर ५३ करोड ९५ लाख ५९ हजार पुर्याएको हो । यता, खुद सञ्चालन आम्दानीसमेत ६२.३४ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ पुगेको छ । 

    समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २६ करोड ४३ लाख ८९ हजार रुपैयाँ रहेको छ । बैंकको कस्ट अफ फण्ड ५.५१ प्रतिशत र बेस रेट ७.५८ प्रतिशत छ । त्यस्तै, प्रतिसेयर आम्दानी १० रुपैयाँ ६४ पैसा र नेटवर्थ प्रतिसेयर २०१ रुपैयाँ ७२ पैसा छ । 

    यता, बैंकको खराब कर्जा भने सामान्य बढेको छ । गत बर्ष असोज मसान्तसम्म १.७४ प्रतिशत रहेको सिद्धार्थ बैंकको खराब कर्जा समीक्षा अवधिमा बढेर १.९९ प्रतिशत पुगेको हो ।

    चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको सिद्धार्थ बैंकको जगेडा कोषमा १४ अर्ब ६ करोड ८४ लाख ६ हजार रुपैयाँ छ । त्यस्तै, रेन्टेड अर्निङ २६ करोड ४३ लाख ८९ हजार रुपैयाँ छ भने निक्षेप सङ्कलन ०.८२ प्रतिशत र कर्जा प्रवाह २.८३ प्रतिशतले बढेको छ । 

    असोज मसान्तसम्म बैंकले २ खर्ब ४३ अर्ब २९ करोड ८३ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेर २ खर्ब ८४ करोड ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार