काठमाडौँ / महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ भोलि (शुक्रबार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले भोलि एफपिओ बाँडफाँट गरिने जानकारी दिएको हो ।
सिडिएस क्लियरिङ्गका अनुसार कम्पनीको एफपिओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । एफपिओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् ।
मागभन्दा ५२ दशमलव ३४ गुणा बढी परेको यो एफपीओमा १७ लाख ३८ हजार ३०९ जनाको हात रित्तो हुनेछ । कम्पनीले पुस ५ गतेदेखि ९ गतेसम्म ४ लाख ७५ हजार ४४९ दशमलव १५ कित्ता एफपिओ निष्कासन गरेको थियो ।
जस अनुसार कम्पनीको एफपिओ ४७ हजार ५४४ जनाले मात्रै १०÷१० कित्ता दरले सेयर हात पार्नेछन् । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपिओलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यमरूपमा सुरक्षित रहेको जनाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ ।