images
images

तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध, नटेरे कारबाही  गर्ने

तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध, नटेरे कारबाही  गर्ने

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध, नटेरे कारबाही  गर्ने

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । 

    images
    images
    images
    images

    महानगरले बिहीबार एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसार–पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा निषेध गरिएको स्मरण गराएको हो । 

    प्लास्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्नुपर्ने व्यवस्था गर्न सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणको अनुरोध गरिएको छ ।
     
    महानगरपालिकाको अनुगमन टोलीले निरीक्षणको क्रममा उक्त निषेध गरिएका कार्य भए गरेको पाइएमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार