images
images

आजको मौसम तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • images
    images
    आजको मौसम तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना
    images
    images

    काठमाडौं / देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

    images
    images

    जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान देशको  पहाडी  भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जनाएको छ।

    तराईका केही स्थानहरूमा तथा पहाडी भू–भागका थोरै स्थानहरुमा हुस्सुरकुहिरो पनि लागेको छ।

    बिहीबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। 

    दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

    बिहीबार राति भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार