images
images

एउटा म्युजिक भिडियो निर्माणको लगानी ६० लाख !

एउटा म्युजिक भिडियो निर्माणको लगानी ६० लाख !

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • एउटा म्युजिक भिडियो निर्माणको लगानी ६० लाख !

    काठमाडौँ / नेपाली म्युजिक भिडियो इतिहासमा संभवत सबैभन्दा ठुलो लगानीमा भिडियो छायांकन गरिएको छ । 

    images
    images
    images
    images

    दशैंअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो ‘मालती’मा लगानी ६० लाख बढि रहेको निर्देशक सञ्जय न्यौपानेले बताए ।

    भिडियोको शिर्ष भूमिकामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलले अभिनय गरेका छन् । 

    अभिनेता खरेलको जन्मदिनको अवसरमा यो गीतको फर्स्टलुक शोरुप स्टील फोटोहरु सार्वजनिक गरिएका छन् । गीतको एक साताभन्दा बढि समय लगाएर छायांकन गरिएको हो ।

    गीतमा थाइल्याण्डका मंहगा मोडलहरुलाई कोरसको रुपमा प्रयोग गरिएको छ । सार्वजनिक तस्वीरमा साम्राज्ञी आर्कषक लुक्समा प्रस्तुत छिन् । 

    साथै, अभिनेता खरेलसँग रोमान्टिक अवतारमा समेत प्रस्तुत भएको तस्वीरमा देख्न सकिन्छ । नेपाली सिनेमाका निर्माता न्यौपाने नेपाली म्युजिक भिडियोलाई अन्तरर्राष्ट्रिय बजारमा चिनाउने दाबी गर्छन् ।

    गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो)र डिवी यो म्याजेस्टीको शब्द तथा संगीत अनि ममता गुरुङ र बुलेट फ्लो र डिवी यो म्याजेस्टीको स्वर रहेको छ । 

    सौरभ लामाले खिचेको म्युजिक भिडियोलाई कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन् । लोकेन्द्र सुब्बाको सम्पादन रहेको म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर थाइल्याण्डमा ओस्कार डिपिपी हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार