images
images

म्यूजिकल फिल्म ‘रमाइलो तिहार’ निर्माण

म्यूजिकल फिल्म ‘रमाइलो तिहार’ निर्माण

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • म्यूजिकल फिल्म ‘रमाइलो तिहार’ निर्माण
    images
    images

    काठमाडौँ / नेपालीहरूको महान् चाड तिहारको अवसरमा, परदेशमा रहेका दाजुभाइ र दिदीबहिनीको भावनात्मक कथा समेटेर म्यूजिकल फिल्म ‘रमाइलो तिहार’ निर्माण गरिएको छ । 

    यस फिल्मले विशेष रूपमा विदेशमा रहेका नेपालीहरूको संस्कृतिक, पारिवारिक सम्बन्ध, र चाडपर्वमा घरको सम्झना झल्काउँछ । 

    लामो समयदेखि विदेशमा रहेका भाइको निधारमा सप्तरङ्गी टिका र मखमली माला लगाइ दिर्घायुको कामना गर्न नेपालबाट अमेरिका पुगेकी दिदीको यात्रा र भाइसँगको आत्मीयता यसमा देखाइएको छ ।

    भाइले आफ्नो पोडकास्टमा दिदीलाई अतिथि बनाउँदा, उनले गरेको एउटा गम्भीर प्रश्नले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको वेदनालाई उजागर गर्छ, जसले वर्तमान सामाजिक संरचना र प्रवृत्तिलाई पनि औंल्याउँछ ।

    यस फिल्मका निर्देशक जोयस पाण्डे नेपाली चलचित्र उद्योगमा अग्रणी नाम हुन्, जसले साँघुरोे चलचित्रमार्फत नेपाली सिनेमा क्षेत्रमा नयाँ दृष्टिकोण स्थापित गरेका थिए । 

    दशकपछि उनले तिहारको पारिवारिक र सांस्कृतिक सन्देशलाई म्यूजिकल शैलीमा प्रस्तुत गर्दै रमाइलो तिहार निर्देशन गरेका छन् ।

    म्यूजिकल फिल्ममा प्रताप दासको स्वर र रमेश क्षेत्रीको संगीत रहेको छ । अमेरिकामा ह्यप्पी होम स्टुडियोजको निर्माणमा बनेको यस फिल्मको सम्पूर्ण छायांकन अमेरिका मै गरिएको हो ।

    मुख्य कलाकारहरूमा पूजा चन्द, राज वल्लभ कोइराला, समीर रेग्मी, आकृति काफ्ले, मनोरथ खनाल, आकाश खतिवडा, दिलिप श्रेष्ठ, अपार श्रेष्ठ आदि छन् । 

    समीर रेग्मीलाई यस फिल्ममा नेपाली कला र संस्कृति प्रति समर्पित पात्रको रूपमा देखाइएको छ। ताइवानका चिनइन गावोले यसको छायांकन गरेका छन् भने, नेपालको ख्यातिप्राप्त सम्पादक निशान घिमिरेले सम्पादन गरेका छन् ।
    रमाइलो तिहार नेपाली परम्परागत चाडपर्वको महत्त्वलाई वैश्विक स्तरमा पुर्याउने उद्देश्यका साथ बनेको म्यूजिकल फिल्म हो, जसले नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न ठूलो योगदान पुर्याएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार