images
images

ठूला जलविद्युत आयोजनाबारे उर्जामन्त्रीको चासो, अघि बढ्ला बुढीगण्डकी, अरुण तेस्रो, पश्चिम सेतीको काम ?

ठूला जलविद्युत आयोजनाबारे उर्जामन्त्रीको चासो, अघि बढ्ला बुढीगण्डकी, अरुण तेस्रो, पश्चिम सेतीको काम ?

अपर कर्णाली जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, वेतन कर्णाली जलविद्युत् आयोजना, अरुण तेस्रो जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजनाजस्ता आयोजनालाई सञ्चालन तथा विकास गर्नको लागि छलफल

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • ठूला जलविद्युत आयोजनाबारे उर्जामन्त्रीको चासो, अघि बढ्ला बुढीगण्डकी, अरुण तेस्रो, पश्चिम सेतीको काम ?

    काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत आयोजनाबारे चासो देखाएका छन् । मन्त्रालयले ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउने सम्बन्धमा लगानी बोर्डसँग छलफल सुरु गरेको हो । 
    मन्त्री खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउनको लागि चासो देखाएको मन्त्रालयले जनाएको छ । 

    images
    images
    images
    images

    मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीका अनुसार मन्त्री खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना त्यसको विकास र वर्तमान अवस्थाको बारेमा छलफल गरेका छन् ।

    बैठकमा अपर कर्णाली जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, वेतन कर्णाली जलविद्युत् आयोजना, अरुण तेस्रो जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजनाजस्ता आयोजनालाई सञ्चालन तथा विकास गर्नको लागि छलफल भएको थियो । 

    “ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउनका लागि आवश्यकपर्ने लगानी, पूर्वाधार, कानुनी रुपरेखासहित विषयलाई समन्वयनात्मक तवरले अगाडि बढाउन बारेमा छलफल भएको छ,” वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले भने । 

    बैठकमा जलाशययुक्त ठूला जलविद्युत् आयोजना निर्माण गर्दा आवश्यक पर्ने वित्तीय तथा व्यवस्थापकीय पक्षलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने विषयमासमेत छलफल भएको छ।

    बैठकमा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिव चिरञ्जीवी चटौत, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, मन्त्रालयका अर्थ विज्ञ अमित श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार