images
images

असोज मसान्तसम्म राष्ट्रियस्तरका विकास बैंकहरूले कमाए १ अर्ब ४६ करोड, कुन बैंकको कति ?

असोज मसान्तसम्म राष्ट्रियस्तरका विकास बैंकहरूले कमाए १ अर्ब ४६ करोड, कुन बैंकको कति ?

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • असोज मसान्तसम्म राष्ट्रियस्तरका विकास बैंकहरूले कमाए १ अर्ब ४६ करोड, कुन बैंकको कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो त्रैमासमा राष्ट्रियस्तरका विकास बैंकहरूको खुद नाफा ३६.५८ प्रतिशतले बढेको छ ।हाल सञ्चालनमा रहेको राष्ट्रियस्तरका विकास बैंकहरूले प्रकाशित गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार विकास बैंकहरूको नाफा ३९ करोड २२ लाख १४ हजार रुपैयाँले बढेको हो ।  

    images
    images
    images
    images

    राष्ट्र बैंकले मौद्रिक नीतिबाट गरेको लचक नियामकीय व्यवस्थाले कर्जाको रिकभरीमा सुधार आउँदा समीक्षा अवधिमा बैंकहरूको नाफा बढ्न सहयोग पुगेको देखिन्छ । 

    तीन महिनमामा ८ ओटा राष्ट्रियस्तरका विकास बैंकहरूले १ अर्ब ४६ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका छन्। गत वर्ष सोही अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा १ अर्ब ७ करोड २२ लाख रुपैयाँ थियो ।

    राष्ट्रियस्तरका ८ बैंकमध्ये महालक्ष्मी विकास बैंकको नाफा सामान्य घटेको छ भने बाँकी सबै बैंकहरूको नाफामा बढोत्तरी भएको छ । 

    अन्य विकास बैंकको तुलनामा ज्योति विकास बैंकको नाफा सबैभन्दा बढी १९७.६१ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासमा ५ करोड ८ लाख रुपैयाँ नाफा कमाएको ज्योतिले यस बर्ष सोही अवधिमा १५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको हो । 

    त्यस्तै, ज्योतिपछि गरिमा विकास बैंकको नाफा सबैभन्दा बढी ५६.८२ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक बर्ष १६ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको गरिमाले समीक्षा अवधिमा २६ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । 

    सबैभन्दा बढी नाफा कमाउने विकास बैंकहरूमध्ये तेस्रो नम्बरमा रहेको कामना सेवा विकास बैंकले १७ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    सबैभन्दा बढी नाफा आर्जन गर्ने विकास बैंकहरूमध्ये मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहेको छ । मुक्तिनाथ विकास बैंकले गत आर्थिक बर्षको पहिलो त्रैमासमा २२ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो भने समीक्षा अवधिमा २८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । 

    उच्च नाफा कमाउने बैंकहरूमध्ये  दोस्रो स्थानमा गरिमा बैंक रहेको छ भने तेस्रो स्थानमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । साइन रेसुङ्गाले तीन महिनामा २३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, 

    सबैभन्दा कम नाफा साङ्ग्रिला डेभलपमेन्ट बैंकको रहेको छ । यो बैंकले असोज मसान्तसम्म ६ करोड १ लाख रुपैयाँ नाफा कमाएको हो । 

    साङ्ग्रिलाले गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत बर्षको तुलनामा बैंकको नाफा यस बर्ष २९.१६ प्रतिशतले बढेको हो । 

    सबैको विकास बैंकको नाफा बढ्दा महालक्ष्मी विकास बैंकको नाफा भने १.१४ प्रतिशतले खुम्चिएको छ। गत बर्ष असोजसम्म ९ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको महालक्ष्मी बैंकले ९ करोड ४२ लाख रुपैयाँ मात्र नाफा कमाएको हो।

    bikas bank eport.JPG 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार