images
images

सेयर बजार : नेप्से ९.१९ अङ्कले घट्दा पनि जीवन बिमा र वित्तमा आकर्षण, एसबिआई र प्राइम बैंकको सेयर मूल्यमा उच्च गिरावट

सेयर बजार : नेप्से ९.१९ अङ्कले घट्दा पनि जीवन बिमा र वित्तमा आकर्षण, एसबिआई र प्राइम बैंकको सेयर मूल्यमा उच्च गिरावट

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • सेयर बजार : नेप्से ९.१९ अङ्कले घट्दा पनि जीवन बिमा र वित्तमा आकर्षण, एसबिआई र प्राइम बैंकको सेयर मूल्यमा उच्च गिरावट

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइबार पनि सेयर बजारको आरोलो यात्रा थामिएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबारझैँ आज पनि नेप्से परिसूचक ओरालो लागेको हो । 

    images
    images
    images
    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार नेप्से परिसूचक १८.२५ अङ्कले घटेको थियो भने आज ९.१९ अङ्कले घटेको छ । यो दिन बजार २ हजार ६१७.९५ बिन्दुमा पुगेर थामिएको छ । 

    नेप्से परिसूचकसँगै आज कारोबार रकममासमेत गिरावट आएको छ । गत साता बिहीबार ५ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । 

    आज ३२० वटा धितोपत्रको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर ५६ हजार ६४६ पटकमा किनबेच भएको हो।

    जीवन बिमा र बित्त कम्पनीमा आकर्षण 

    आइतबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच ओटा समूहको परिसूचक बढेको छ भने बाँकी ८ ओटाको घटेको छ । यसदिन जीवन बिमा र बित्त कम्पनीसमूहका कम्पनीमा लगानीकर्ताहरूको आकर्षण बढेको देखिन्छ । 

    आइतबार जीवन बिमा समूहको परिसूचक १.१५ र बित्त समूहको परिसूचक १.११ प्रतिशतले बृद्धि भएको हो । त्यस्तै, होटल तथा पर्यटन समूहको ०.६९ प्रतिशत, जलविद्युत समूहको ०.४७ प्रतिशत र व्यापार समूहको परिसूचक ०.३९ प्रतिशतले बढेको छ । 

    भर्खरै पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको बैंकहरूको सेयरमा भने लगानीकर्ताहरूले चासो देखाएका छैनन् । फलस्वरूप आज सबैभन्दा बढी बैंकिङ उपसूहको परिसूचक १.३० प्रतिशतले घटेको छ ।

    त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.९१ प्रतिशत, लघुवित्त समूहको परिसूचक ०.७३ प्रतिशत, विकास बैंक समूहको परिसूचक ०.५१ प्रतिशत, निर्जीबन बिमा समूहलगायतको परिसूचक ०.५५ प्रतिशतले घटेको छ । 

    चार ओटा धितोपत्रको सेयरमूल्य सर्किट लेभलमा बढ्यो 

    आइतबार चार ओटा धितोपत्रको सेयरमूल्य सर्किट लेभलमा बृद्धि भएको छ । यस दिन जीवन बिमा कर्पोरेसन (नेपाल) लिमिटेडको सेयर मूल्य १० प्रतितले बढेर प्रतिकित्ता १ हजार २१२ रुपैयाँ पुगेको छ भने रिभर फल्स पावर र मोइखोला हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेको छ । 

    यसैगरी समृद्धि फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशत र कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९.७७ प्रतिशतले बृद्धि भएको छ । 
     
    नाफा बुक गर्ने हाबी हुँदा नेपाल एसबिआई बैंकको सेयरमा उच्च गिरावट 

    आइतबार नाफा बुक गर्ने र बजारबाट बाहिरिनेहरू हाबी हुँदा नेपाल एसबिआई बैंकको सेयर मूल्यमा उच्च गिरावट आएको छ । आइतबार यस बैंकको सेयर मूल्य ६.७९ प्रतिशतले घटेर प्रतिकित्ता ४९४ रुपैयाँमा झरेको छ । 

    जबकि गत साता बिहीबार सर्वाधिक बढी ९.७५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५३० रुपैयाँ कायम भएको थियो । मूल्य बढेपछि नाफा बुक गर्न बिक्री चाप बढेसँगै आइतबार एसबिआई बैंकको सेयर मूल्यमा गिरावट आएको हो ।


    सर्वाधिक बढी सेयर मूल्यमा गिरावट आउने धितोपत्रको सूचीमा दोस्रो स्थानमा प्राइम कमर्सियल बैंक रहेको छ । प्राइम कमर्सियल बैंकको सेयर मूल्य ४.१७ प्रतिशतले घटेर प्रतिकित्ता २७७ रुपैयाँ ९० पैसा कायम भएको हो । 

    रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य आज पनि घटेको छ । बिहीबार १० प्रतिशतले घटेर प्रतिकित्ता ७९९ रुपैयाँ २० पैसामा झरेको यो कम्पनीको सेयर मूल्य आज पनि ४.०३ प्रतिशतले घटेर ७६७ रुपैयाँ कायम भएको हो । 

    कारोबार रकममा आइसीएफसी फाइनान्स र एसबिआई बैंकको हिस्सा बढी 

    आइतबारको काराबार रकममा आइसीएफसी फाइनान्स लिमिटेडको हिस्सा सबैभन्दा बढी भएको देखिन्छ । सेयर मूल्य ३.८३ प्रतिशतले घटेर प्रतिकित्ता ८०१ रुपैयाँ १० पैसा कायम भएको यो कम्पनीको मात्रै आज ३२ करोड ६४ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    त्यस्तै, दोस्रो स्थानमा नेपाल एसबिआई बैंकको कारोबार रकम रहेको छ । आइतबार यो बैंकको २१ करोड ६२ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार गरभएको हो । 

    आइतबार बजार पुँजीकरण रकम ४१ खर्ब ६५ अर्ब १३ करोड रुपैयाँ कायम भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार