images
images

ईङ्लिस बेनकेन्स्टाईन चितवन राइनोजमा अनुबन्धित

ईङ्लिस बेनकेन्स्टाईन चितवन राइनोजमा अनुबन्धित

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • ईङ्लिस बेनकेन्स्टाईन चितवन राइनोजमा अनुबन्धित
    images
    images

    चितवन / चितवन राइनोजले इङ्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाईनलाई अनुबन्ध गरेको छ । बेनकेन्स्टाईनले मंसिर १५ बाट काठमाडौँमा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएलमा) चितवनबाट खेल्ने छन्  । 

    उनी चितवन राइनोजमा भित्रिने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्रस्यंट डी ल्यांगलाई अनुबन्ध गरेको थियो । 

    जनवरीमा भएको यु–१९ विश्वकपमा १९ वर्षीया बेनकेन्स्टाईनले इङ्ल्यान्डको उपकप्तानको जिम्मेवारी सम्हालेका थिए । 

    ब्याटिङ र बलिङ दुवैमा निपूर्ण बेनकेन्स्टाईनले १७ वर्षको उमेरमा एसेक्सबाट काउन्टी क्रिकेटमा ६–४२ को कीर्तिमान राखेका थिए । त्यस्तै, सन् २०२२ मा ग्वादर शार्क्सलाई पाकिस्तान सुपर लिग (पिएसएल)को फाइनलमा पुर्‍याउन उनले ३७ बलमा ७१ रनको योगदान दिएका थिए ।

    बेनकेन्स्टाईन आफ्नो परिवारबाट तेस्रो पुस्ताका क्रिकेटर हुन् । 

    उनका बुबा डेल बेन्केन्स्टाईनले दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए भने उनका हजुरबुवा मार्टिन बेन्केन्स्टाईनले जिम्बाब्वे (पहिले रोडेसिया भनेर चिनिन्थ्यो)को प्रतिनिधित्व गरेका थिए । 

    त्यस्तै, उनका काका ब्रेट र बोयडले पनि व्यावसायिक क्रिकेट खेल्थे । चितवन राइनोजको प्रतिनिधित्व गर्न आफू आतुर रहेको बेनकेन्स्टाईनले बताएका छन् ।

    “नेपाली समर्थकले सिर्जना गर्न सक्ने वातावरण जुनसुकै खेलाडीलाई लोभ्याउने खालको छ । मेरो करियरको यो चरणमा सही किसिमको चुनौती हो । म चितवन राइनोजको प्रतिनिधित्व गर्न र आफ्नो प्रदर्शन देखाउन आतुर छु,” उनले भनेका छन्।

    चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानले उनको आगमनले लिगमा उर्जा थपिने विश्वास व्यक्त गरे । 

    “उनले जुन ऊर्जा ल्याउन सक्छन् र नेपाली समर्थकलाई मनोरञ्जन दिन सक्छन्, त्यसले नेपाल प्रिमियर लिगलाई थप उज्यालो बनाउनेछ,” उनले भनेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार