images
images

यातायात कार्यालयले तीन महिनामा उठायो २२ करोड ८१ लाख राजस्व

यातायात कार्यालयले तीन महिनामा उठायो २२ करोड ८१ लाख राजस्व

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • यातायात कार्यालयले तीन महिनामा उठायो २२ करोड ८१ लाख राजस्व
    images
    images

    बागमती / यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा २२ करोड ८१ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

    नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय दुई राजस्व  सङ्कलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए । 

    उनका अनुसार चालु आवको तीन महिनामा सवारी करबाट २ करोड ७४ लाख ६४ हजार ९ सय ५१ रुपैयाँ, सवारी चालक अनुमतिपत्र वितरणबाट ७ करोड ५८ लाख ७२ हजार ४८ रुपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट १२ करोड ४८ लाख २ हजार ५ सय ५३ रुपैयाँ तथा बेरुजुबाट ८ हजार २ सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

    यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल पाँच सय ७३ वटा, साना सवारी तीन सय ३२ वटा, टेम्पो/ई–रिक्सा दुई सय ४८ वटा, ठूला तथा मझौला सवारी एक सय ५८ वटा र ट्र्याक्टर एक गरी एक हजार तीन सय १३ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । 

    यस अवधिमा नयाँ एक हजार एक सय ९६ र वर्ग थप आठ सय ५९ गरी दुई हजार ५५ जनालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । 

    यस्तै सो अवधिमा एक हजार पाँच सय ४६ नवीकरण, २९ वटा प्रतिलिपी १७  नवीकरण प्रतिलिपी दिइएको जनाएको छ । 

    सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा रु ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार