images
images

सयपत्री तथा मखमली मालाको मूल्य निर्धारण, बढी मूल्य नलिन किसान र बिक्रेतालाई आग्रह

सयपत्री तथा मखमली मालाको मूल्य निर्धारण, बढी मूल्य नलिन किसान र बिक्रेतालाई आग्रह

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • सयपत्री तथा मखमली मालाको मूल्य निर्धारण, बढी मूल्य नलिन किसान र बिक्रेतालाई आग्रह

    काठमाडौँ  / चितवनमा तिहारलाई लक्षित गरी सयपत्री तथा मखमली मालाको मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ । विगतमा फूलको मालाको मूल्य फरक फरक भएकाले यस पटक १०० निर्धारण गरिएको एशोसियसनले जनाएको छ । 

    images
    images
    images
    images

    फ्लोरिकल्चर एशोसिएसन चितवनले तिहारका लागि आवश्यक पर्ने सयपत्री तथा मखमली फूल पर्याप्त भएको जानकारी दिएको छ । एशोसियसनले निर्धारण भएको मूल्यभन्दा बढीमा फूल र माला बिक्री नगर्न कृषक बिक्रेतालाई आग्रह गरेको छ । 

    सयपत्री फूल प्रतिकिलो ४ सय देखि ४ सय पचास कायम गरिएको कृषकले बताएका छन् । चितवनमा यस वर्ष ४० विघा क्षेत्रफलमा करिब ३ लाख ओटा सयपत्री माला हुने फूल खेती भएको एशोसिएसनको तथ्याङ्क छ । 

    भरतपुर महानगरपालिकाले स्थानीय उत्पादनलाई प्रयोग गर्न भरतपुरवासीलाई अनुरोध गरेको छ । जिल्लामा ठूलो मात्रामा व्यवसाय गर्ने कृषक १० देखि १५ जना रहेका छन् । उनीहरूले एक बिघा क्षेत्रफलभन्दा बढी क्षेत्रफलमा पुष्प व्यवसाय गरेका छन् ।

    यसैबीच फ्लोरिकल्चर एशोसिएसन चितवनले विदेशी उत्पादनलाई भित्रिन नदिन जिल्ला प्रशासन कार्यालय तथा ७ वटा पालिकालाई पत्राचार गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार