काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार ०८४ सम्म टसमस नहुने स्पष्ट पारेका छन् । शुक्रबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले ‘म त ढले ढले ढले ढले’ गीतको उदाहरण दिँदै सरकार ०८४ सम्म सरकार केही नहुने स्पष्ट पारेका हुन् ।
साथै, उनले बिहान र बेलुका नै सरकार ढल्यो भनेर गीत नगाउन चेतवानी समेत दिएका छन् । विपक्षमा रहेका नेताहरूले पनि सरकार ढल्छ, ढल्नै लाग्यो भनेर व्यर्थै समय खेर फालेको उनको टिप्पणी छ ।
उनले सरकार बनाउने वा हटाउने थलो नै संसद् भएकोले दिनरात सरकार बनाउने वा हटाउने कुरा गरेर तीन वर्ष समय कटाउनु व्यर्थ भएको टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारको मेन्युमा पार्टी टुक्र्याउने वा भत्काउनेजस्ता खुद्रे कुराहरू समावेश नभएकोसमेत बताएका छन् ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको हल्ला चलेको बेलमा प्रधानमन्त्री ओलीले आफ्नो सरकारको मेन्युमा दल विभाजन गर्ने कुरा नभएको बताएका हुन् ।
उनले भने, “ढुक्क हुनुहोस, कांग्रेस र एमालेसहितको यति बलियो सरकारको प्राथमिकता त्यस्तो हुन सक्दैन। सरकारका प्राथमिकताकाबारेमा मैले भनिसकेको छु । दोहोर्याउनु पर्दैन।”