images
images

अल्ट्रा धावक सुमनलाई फाउण्डेशनको सहयोग

अल्ट्रा धावक सुमनलाई फाउण्डेशनको सहयोग

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • अल्ट्रा धावक सुमनलाई फाउण्डेशनको सहयोग

    काठमाडौँ / नेपालका अल्ट्रा धावक सुमन कुलुङराईलाई अष्ट्रियाको सीकप्रीड फाउण्डेशले सहयोग गर्ने भएको छ । 

    images
    images
    images
    images

    विगत दुई वर्ष देखि धावक राईलाई आवश्यक सहयोग गर्दै आएको फाउण्डेशनले आगामी खेल जीवन भर सहयोग गर्ने बताएको छ । यसका लागि बर्षको करिव १२ हजार युरो खर्च हुने फाउण्डेशनले अनुमान गरेको छ । 

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ संगको भेटमा फाउण्डेशनकी अध्यक्ष सिकप्रीडले धावक राई विश्वको दश जना खेलाडी भित्र पर्ने सम्भावना रहेको बताईन ।

    राईको शारिरीक परिक्षणबाट उनी भित्र खेल सम्भावना देखिएको जानकारी गराउदै नेपालमा सुमन जस्ता धेरै खेलाडी हुन सक्ने उनको भनाई छ ।

    धावक राई पर्यटकको गाईडका रुपमा काम गर्दा दुई बर्ष पहिला फाउण्डेशनका पदाधिकारी संग सम्पर्कमा आएका थिए । फाण्डेशनले राईको सम्पूर्ण मेडिकल चेकअप गर्दा विश्वका दश धावक भित्र पर्ने सम्भावना देखिएको भन्दै सहयोग गरेको जानकारी दिएका छन् ।

    फाउण्डेशनकी अध्यक्ष सिकप्रीडले सन २०२५ सेप्टेम्वरमा आयोजना हुने वल्र्ड च्याम्पियनशिपमा सभागी हुने नेपाली टिमका लागि मेडिकल लगायतको खर्च व्यवस्थापन गरिदिने बताए । 

    छलफल कार्यक्रम नेपाल एड्भेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुवँरले गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार