images
images

शारीरिक रुपमा अशक्त रामकुमारले फुलाए ढकमक सयपत्री !

शारीरिक रुपमा अशक्त रामकुमारले फुलाए ढकमक सयपत्री !

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • शारीरिक रुपमा अशक्त रामकुमारले फुलाए ढकमक सयपत्री !

    काठमाडौँ / नुवाकोट शिवपुरी गाउँपालिकाका रामकुमार तामाङले फूल खेती गरेको लगभग दुई वर्ष भयो । आफू शारीरिक रुपमा अशक्त भएर पनि चार रोपनी जग्गामा फूल खेती गरेर उनले आयआर्जनको राम्रो स्रोत बनाएका छन् ।

    images
    images
    images
    images

    उनले तिहारको लागि भनेर सधैं सयपत्रीको खेती गर्ने गरेको बताए । उनले यसमा सरकारले व्यापारको लागि सहज वातावरण मिलाए राम्रोसँग आम्दानीको स्रोत बन्न सक्ने बताए ।

    उनले भने, ‘फूल खेती गरेको त दुई वर्ष भयो । खेत किन बाँझो राख्ने भनेर चार रोपनी जग्गामा फूल खेती गरेको हो । सयपत्री फूल तिहारकै लागि भनेर खेती गर्ने गरेका छौं । अरुबेला खासै काम हुँदैन तर भाइटीकामा धेरै विक्री हुने भएकाले तिहारमै सयपत्री फूलको खेती गर्ने गरेका छौं । काम गरिसकेपछि खर्च निकाल्न परिहाल्यो । एउटा व्यवसाय त गर्नैपर्यो । गतसाल त काठमाडौं लगेर व्यापार गरेका थियौं । तर काठमाडौं लग्दाखेरी व्यापारीहरुलाई जुनसुकै व्यावसायमा पनि सरकारले अलिकति मिलाउन जान्नुपर्यो ।’

    साथै उनले भारतबाट फूल आयात हुने भएकाले नेपाली फूल बिक्रीमा असर परेको बताए । उनले हरेक कुरामा भारतलाई प्राथमिकता दिँदा नेपाली उत्पादनहरु विक्री हुन नसकेको गुनासो गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार