images
images

खेलाडीको हौसला बढाउन क्लोज क्याम्प पुगेका स्वास्थ्यमन्त्रीले के भने ?

खेलाडीको हौसला बढाउन क्लोज क्याम्प पुगेका स्वास्थ्यमन्त्रीले के भने ?

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • खेलाडीको हौसला बढाउन क्लोज क्याम्प पुगेका स्वास्थ्यमन्त्रीले के भने ?
    images
    images

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले साफ महिला च्याम्पियनशिप फाइनलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितका लागि शुभकामना दिएका छन् । 

    खेलाडीहरूको क्लोज क्याम्पस्थल पुगेर मन्त्री पौडेलले आइतबारको सेमिफाइनल खेलमा रोमाञ्चक र उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडीहरूलाई धन्यवाद पनि दिए ।

    मन्त्री पौडेलले त्यसक्रमा एन्फा पदाधिकारीहरू र खेलाडीसामु खेलका क्रममा कोही खेलाडी वा अफिसियल घाइते भएमा निःशुल्क उपचारको व्यवस्था मन्त्रालयकातर्फबाट गर्ने निर्णय गरेको जानकारी दिए ।

    “तपाईंहरू उच्च मनोबलका साथ खेल पस्कनुहोला,” उनले भने, “स्वास्थ्य समस्या परेमा हामी साथमा छौँ ।”

    खेलाडीहरूको हौसला बढाउँदै उनले यसअघि गरिएको व्यवस्थाअनुसार खेलपश्चात राष्ट्रिय टिमका सबै खेलाडिहरुको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।

    यसअघि नै मन्त्री पौडेल अध्यक्ष रहेको केन्द्रले राष्ट्रिय टिममा रहेका सबै खेलाडीको वार्षिक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार