images
images

धनतेरसकै दिन सुनको मूल्यमा नयाँ रेर्कड, तोला कै एक लाख ६८ हजार ५ सय पुग्यो

धनतेरसकै दिन सुनको मूल्यमा नयाँ रेर्कड, तोला कै एक लाख ६८ हजार ५ सय पुग्यो

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • धनतेरसकै दिन सुनको मूल्यमा नयाँ रेर्कड, तोला कै एक लाख ६८ हजार ५ सय पुग्यो
    images
    images

    काठमाडौँ / नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

    नेपालीहरूको महान चाडपर्व तिहार आजबाट सुरु हुदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ । 

    तर, आज कै दिन सुनको मूल्य प्रतितोला एक हजार एक सय रूपैयाँले बढर नयाँ रेकर्ड कायम गरेको हो । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यसअघि गत आइतबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो । 

    आज सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार एक सय रूपैयाँ बढी हो ।

    यस्तै सोमबार भने एक लाख ६७ हजार रूपैयाँमा सुनको कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार भने सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको हो । 

    यसैगरी, आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय पाँच रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

    सोमबार चाँदी प्रतितोला दुई हजार ६५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार