images
images

वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम गरि आरविवि मर्चेन्ट बैंकिङ्गले मनायो विश्व लगानीकर्ता सप्ताह–२०२४

वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम गरि आरविवि मर्चेन्ट बैंकिङ्गले मनायो विश्व लगानीकर्ता सप्ताह–२०२४

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम गरि आरविवि मर्चेन्ट बैंकिङ्गले मनायो विश्व लगानीकर्ता सप्ताह–२०२४
    images
    images

    काठमाडौँ / विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । 

    धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह–२०२४ कात्तिक ६ गते देखि १२ गते सम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो । 

    यही अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २०८१ साल कात्तिक ११ गते राम नारायण अयोध्या उच्च मा.वि, पिपरा, महोत्तरी मा २ तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक÷ शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको हो । 

    उक्त सचेतनामूलक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पिपरा शाखाका प्रमुख सन्तोष कुमार ठाकुर र शाखाका कर्मचारी भगवान् चौधरी तथा राम नारायण अयोध्या उच्च मा.वि, का अध्यक्ष लक्ष्मण मण्डल, सहायक प्रधानाध्यापक सुजय कुमार राय लगायत अध्यनरत विधार्थीहरु तथा शिक्षक÷शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

    आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, बरिष्ठ प्रबन्धक श्री अजय घिमिरे र अधिकृत राम नारायण तिवारीले कार्यक्रम संचालन गरेका थिए । 

    साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ श्री अजय घिमिरे तथा श्री राम नारायण तिवारीले दिनुभएको थियो । 

    विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा आयोजित यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गर्नेछ र सहभागीहरुले शेयर लगानी सम्बन्धि ज्ञान हासिल गरि लाभान्वित  हुनेछन् भन्ने विश्वास बैंकले गरेको छ । 

    आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत् लगानीमा स्थापित संस्था हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार