images
images

‘लक्ष्मी थिम’मा फोटो सुटपछि सुष्माले भनिन्– सबैको घरमा लक्ष्मीले बास गरुन्

‘लक्ष्मी थिम’मा फोटो सुटपछि सुष्माले भनिन्– सबैको घरमा लक्ष्मीले बास गरुन्

बिहिवार, कार्तिक १५ २०८१
बिहिवार, कार्तिक १५ २०८१
  • ‘लक्ष्मी थिम’मा फोटो सुटपछि सुष्माले भनिन्– सबैको घरमा लक्ष्मीले बास गरुन्
    images
    images

    काठमाडौँ / नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले नेपालीहरूको दोस्रो महान चाड तिहारको अवसर पारेर ‘लक्ष्मी थिम’मा आकर्षक फोटो सुट गरेको छ । 

    विभिन्न चाडपर्वहरूको थिममा फोटो सुट र अन्य कार्यक्रमहरू गर्दै नेपालको मौलिक कला र संस्कृति संरक्षणमा अग्रसर रहँदै आएको फेसियल हाउसले यो वर्ष पनि ‘लक्ष्मी थिम’मा फोटो सुट गरेको हो । 

    नेपालको मौलिक संस्कृति झल्किनेगरी धनकी देवी लक्ष्मी माताको स्वरुपमा फोटो सुट गरिएको र सो कार्यलाई सबैले प्रसंशा गरेको वरिष्ठ सौन्दर्यविद् एवम् फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले बताइन् । 

    नेपालको मौलिकपन झल्काउँदै डालोबाट पैसा झार्दै पाथीमा पैसा राखी शङ्ख र कमलको फूलसहितका सामग्रीहरूका साथ सुनैसुनको लक्ष्मीको जीवित स्वरुप निर्माण गरी फोटो सुट गरिएको जानकारी उनले दिइन् । 

    यो फोटो सुटबाट तिहारको मौलिक विशेषता र महत्व झल्काउने उनको भनाइ छ । साथै, उनले शुभ दीपावली, नेपाल सम्वत् ११४५ र छठ पर्वका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै ‘सबैको घरमा लक्ष्मीले बास गरुन्’ भन्दै लक्ष्मीसँग बरदान समेत मागेकी छिन् । 

    यो फोटो सुटमा मोडल समीक्षा राउतलाई फिचर गरिएको छ भने मेकअप र हेयर स्टाइल फेसियल हाउसले गरेको छ । यस्तै, कुबेर फोटोग्राफीमार्फत छायाङ्कन गरिएको तस्बिरहरूको स्टाइलिस्टमा कुसुम पदम श्रेष्ठ छन् । 

    फोटो सुटमा राधाको बर्न सर्भाइबर संस्थाले उत्पादन गरेको मैनबत्तीहरू प्रयोग गरिएको छ । राधाको बर्न सर्भाइबरमा आगोबाट जलेका र तातोपानीबाट छाला बिग्रिएका तथा घरेलु हिंसाबाट पीडित भइ छाला गुमाएकाहरूको संलग्नता छ । 

    उनीहरूको हातबाट उत्पादन भएका मैनबत्तीहरू प्रयोग गर्न पाएकोमा आफूलाई अत्यन्तै खुसी लागेको प्रबन्ध निर्देशक महराले बताइन् । 

    ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ आजभन्दा १६ वर्षअघि सञ्चालनमा आएको फेसियल हाउस महिला तथा पुरुषका लागि नेपालकै नम्बर वान ब्युटी सलुनका रूपमा चर्चित छ । महिला तथा पुरुषहरूलाई रोजगार र स्वरोजगार बनाउने उद्देश्यका साथ ब्युटी एकेडेमी पनि सञ्चालन गर्दै आएको फेसियल हाउसले नेपालको नम्बर वान ब्युटी सैलुनको अवार्ड समेत पाइसकेको छ ।

    काठमाडौं मलको चौथो तलामा प्रमुख कार्यालय रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावर, पोखरा, सुर्खेत, धनगढी, चितवन र नेपालगञ्जमा शाखासहित सेवा विस्तार गरेको छ भने अन्य केही सहरमा फेसियल हाउसको ब्राण्डमा सेवा प्रवाह भइरहेको छ । 

    सौन्दर्यसम्बन्धी सेवामा मात्र सीमित नभई फेसियल हाउसले फेसियल हाउस अफ कस्मेटिक, फेसियल हाउस ब्युटी एकेडेमी र फेसियल हाउस इन्टरटेन्मेन्टबाट पनि आफूलाई विस्तारित र बहुआयामिक बनाउँदै लगेको छ ।

    यसैगरी, फेसियल हाउसले ब्युटीसम्बन्धी तालिम दिनाका साथै हेयर, फेससम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिँदै आएको छ । 

    नेपालमा नयाँ सौन्दर्य प्रविधिहरू भित्र्याएर सेवालाई उत्कृष्ट बनाउँदै आएको फेसियल हाउसले हेयर, ब्युटी र स्किन केयरसँगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरू दिँदै आएको छ । 

    यस्तै, हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको फेसियल हाउसले फेसनेबल कलरहरू प्रयोग गर्ने गरेको र चायाँपोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको प्रबन्ध निर्देशक महराले जानकारी दिइन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार