images
images

एउटै फार्मबाट २ लाख रुपैयाँको फूल बिक्री, फूल सकिँदा पनि माग उत्तिकै

एउटै फार्मबाट २ लाख रुपैयाँको फूल बिक्री, फूल सकिँदा पनि माग उत्तिकै

सोमवार, कार्तिक १९ २०८१
सोमवार, कार्तिक १९ २०८१
  • एउटै फार्मबाट २ लाख रुपैयाँको फूल बिक्री, फूल सकिँदा पनि माग उत्तिकै
    images
    images

    रामपुर (पाल्पा) / पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर २ लाख रुपैयाँ बढीको आम्दानी भएको छ। तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर ‘हाम्रो आधुनिक कृषि फार्म’ले उक्त आम्दानी गरेको हो ।

    फार्मका सञ्चालक दिलबहादुर थापाले सयपत्री फूलले राम्रो बजार पाएको र यसबाट मनग्य आय आर्जन भएपछि व्यवसायमा उत्साह थपिएको बताए। तीन दिनको अवधिमा बारीमा लगाएको सबै फूल बिक्री भएको उनले बताए । बुटवल, तानसेन, पोखरालगायत बजारबाट माग आएको भए पनि बाहिर पठाउन नसकिएको अर्का सञ्चालक लालबहादुर थापा बताउछन्।

    बारीभरी लगाइएको फूल सकिँदा पनि माग उत्तिकै आएको उनको भनाइ छ । फूलबाट पर्याप्त आम्दानी भएपछि पाँच वर्षदेखि यसको खेती गर्दै आएको थापाको भनाइ छ ।

    प्रतिकिलो फूल ५ सय र प्रतिमाला १५० मा बिक्री भएको थापाले बताए । 

    हरेक वर्ष तिहारमा फूलमाला माग अनुसार पुर्याउन नसकिएको उनको भनाइ छ । यस वर्ष करिब चार रोपनी जग्गामा लगाएको फूल सबै बिक्री भएको छ । 

    स्थानीयस्तरमा नै फूलले राम्रो व्यापार पाएको छ । गाउँघरमा पनि विद्यालय, विभिन्न सङ्घसंस्थाको आयोजनामा लक्ष्मीपूजा तथा दीपावली मनाइने चलन पछिल्लो समय बढ्दो रहेकाले फूलमालाको खपत राम्रो हुने गर्दछ ।

    भाइटीकाका दिन लगाउन मात्र नभई तिहार पर्व सुरु भएदेखि नै घर, विद्यालय तथा सङ्घसंस्थामा सजाउन, पूजाआजा गर्न सयपत्री फूल खोज्ने भएकाले हिजोआज फार्ममा फूल खरिद गर्न ग्राहक बढेका छन् ।

    यहाँ हरेक वर्ष २ लाखदेखि ३ लाख रुपैयाँ बराबरको फूलको माला बिक्री हुँदै आएको सञ्चालक थापाले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार