images
images

कामना सेवा विकास बैंक र दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलबिच सम्झौता

कामना सेवा विकास बैंक र दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलबिच सम्झौता

बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • कामना सेवा विकास बैंक र दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलबिच सम्झौता
    images
    images

    कामना सेवा विकास बैंकले धुलिखेल, काभ्रेस्थित  दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकले उक्त रिर्सोटमा आफ्ना ग्राहकहरूलाई विशेष छुटसहितको सेवा प्रदान गर्न सम्झौता गरेको हो ।  

    सो सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा, देवाराना वेल्नेस स्पामा तथा स्विमंग पुल, जकुजी, स्टीम र सउनामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

     बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने विश्वास रहेको बैंकले जनाएको छ । 

    उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरि प्रसाद लम्साल रिर्सोटका होटल म्यानेजर अनिरुध चौधरीले हस्ताक्षर गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार