images
images

नेपाली बजारमा एकैपटक प्रतितोला ४ हजार रुपैयाँले सस्तियो सुन, अब तोलामा कति पर्ला ?

नेपाली बजारमा एकैपटक प्रतितोला ४ हजार रुपैयाँले सस्तियो सुन, अब तोलामा कति पर्ला ?

बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • नेपाली बजारमा एकैपटक प्रतितोला ४ हजार रुपैयाँले सस्तियो सुन, अब तोलामा कति पर्ला ?

    काठमाडौँ / विश्व बजारमा सुनको माग घटेसँगै नेपाली बजारमा पनि सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको मूल्यअनुसार एकैदिन सुन प्रतितोला ४ हजार रुपैयाँले घटेको हो । 

    images
    images
    images
    images

    बुधबार १ लाख ६८ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ बिहीबार घटेर १ लाख ६४ हजार ५ सय रुपैयाँमा झरेको हो । विश्वका लगानीकर्ताहरूको आकर्षण सुनमा भन्दा बढी अमेरिकी डलरमा परेका कारण मागसँगै सुनको मूल्यमा पनि गिरावट आएको देखिन्छ ।

    त्यस्तै, आज १० ग्राम सुनको भाउ १ लाख ४१ हजार ३० रुपैयाँ कायम भएको छ । यता, चाँदीको भाउ पनि एकैपटक तोलामा ५५ रुपैयाँले घटेको छ । बुधबार तोलामा २ हजार १५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ९ सय ६० रुपैयाँ मात्रै पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार