काठमाडौँ / बिहीबार एकैपटक तोलामा ४ हजार रुपैयाँले घटेको सुनको भाउ शुक्रबार पुनः २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेर तोलामा १ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको हो ।
बिहीबार भने छापावाल सुन एक तोलाको मूल्य १ लाख ६४ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यता, चाँदीको भाउसमेत तोलामा २० रुपैयाँले बढेर १ हजार ९ सय ८० रुपैयाँ पुगेको छ । बिहीबार भने सो मूल्य घटेर १ हजार ९ सय ६० रुपैयाँ कायम भएको थियो ।