कामना सेवा विकास बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रमअन्र्तगत कामना सेवा फुटसल कपको चौथो सिजन शनिवार सम्पन्न गरेको छ । पुरुष तर्फको खेलको फाइनल खेलमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले डिफेन्डिङ च्याम्पियन गरिमा बिकास बैंकलाई ३-० ले हराउँदै उपाधि जितेको छ ।
त्यसैगरि महिलातर्फको फाइनल खेलमा लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई २-० ले हराउँदै उपाधि जितेको छ । कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ ।
विजेता तथा उपविजेता टिमलाई बैंकको तर्फबाट ट्रफी, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले एन्फा रेफ्री नारायण अधिकारीलाई बल हस्तान्तरण गरि कार्यक्रमका शुभारम्भ गरेका थिए ।
उक्त प्रतियोगिताको समापन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेताहरूलाई पुरस्कार वितरण गरेका थिए । पुरुषतर्फ कुल १४ र महिलातर्फ कुल ७ टिमको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गाना लगायत विभिन्न विभागिय प्रमुख तथा कर्मचारीहरूको उपस्थिती रहेको थियो । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको दिन २७ गते मंगलबार देशव्यापी रूपमा रक्तदान कार्यक्रमको समेत आयोजना गर्दैछ ।