काठमाडौँ / साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ भने चाँदी २० रुपैयाँले घटेको छ ।
गत शुक्रबार १ लाख ६६ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आइतबार घटेर १ लाख ६६ हजार रुपैयाँमा झरेको हो । त्यस्तै, चाँदीको भाउ १ हजार ९ रुपैयाँ ८० पैसा रहेकोमा शुक्रबार घटेर १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।