images
images

सहकारी विकास बोर्डको पर्खालमा चल्यो ललितपुर महानगरको डोजर, जनताको बाटो मिचेको आरोप

सहकारी विकास बोर्डको पर्खालमा चल्यो ललितपुर महानगरको डोजर, जनताको बाटो मिचेको आरोप

आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • सहकारी विकास बोर्डको पर्खालमा चल्यो ललितपुर महानगरको डोजर, जनताको बाटो मिचेको आरोप
    images
    images

    काठमाडौँ / ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ । आइतबार ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा नगर प्रहरीले डोजर चलाएको हो ।

    नगरप्रमुख हाछेथुले सहकारीले सरकारी बाटो मिचेर बिना नक्सा मापदण्ड विपरित गएर संरचना बनाएको बताए । उनले सहकारीलाई ७ दिने सूचना निकालेर ध्यानाकर्षण गराउँदा पनि व्यवास्था नगरेको कारण आफूहरुले डोजर चलाएको उनको भनाई छ । 

    उनले भने,“यहाँ मापदण्ड विपरीत गएर संरचना बनाइएको थियो । यो मापदण्ड विपरीत छ भनेर पहिले नै निर्णय भइसकेको थियो । सहकारीले जनताको बाटो बढी मिचेर संरचना बनाएको छ ।”  

    जनताको बाटो जनताले नै प्रयोग गर्न पाउनुपर्छ भन्ने हो । यहाँ मुद्दा परेपछि संरचना भत्काउन अदालतले ललितपुर महानगरपालिकालाई निर्देशन दिएसँगै ललितपुर महानगरको निर्देशनमा भत्काउन सुरु गरेको उनले बताए । 

    भत्काउनअघि ७ दिनको समय दिइएको समेत उनले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार