images
images

नेपाल बैंक र दराजबिच सम्झौता, सामान किन्दा ग्राहकहरूले आकर्षक छुट पाउने

नेपाल बैंक र दराजबिच सम्झौता, सामान किन्दा ग्राहकहरूले आकर्षक छुट पाउने

आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • नेपाल बैंक र दराजबिच सम्झौता, सामान किन्दा ग्राहकहरूले आकर्षक छुट पाउने
    images
    images

    काठमाडौँ / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि. बिच सम्झौता भएको छ । बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाइन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्नेसम्बन्धमा बैंक र दराजबिच उक्त सम्झौता भएको हो । 

    नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न इ-कमर्स प्लेटफर्मसँग साझेदारीलाई निरन्तरता दिएको छ । 

    बैंकका निक्षेपकर्ताहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट हुने र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २ हजार ५०० रुपैयाँ बराबरकोे छुट प्राप्त गर्न सकिनेछ । 

    छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरूमा सम्पर्क गरी ग्राहकहरूले आफ्नो कार्डमा इ-कमर्स सक्रिय गर्नुपर्नेछ । यसका लागि बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।  
    यो योजना कार्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म लागू हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार