काठमाडौँ / स्थानीय बजारमा मङ्गलबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ६२ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।