images
images

लक्ष्मी सनराइज बैंकद्वारा आयोजित गल्फ प्रतियोगिता सम्पन्न, दिगोपनलाई अघि बढाउने प्रतिबद्वता

लक्ष्मी सनराइज बैंकद्वारा आयोजित गल्फ प्रतियोगिता सम्पन्न, दिगोपनलाई अघि बढाउने प्रतिबद्वता

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • लक्ष्मी सनराइज बैंकद्वारा आयोजित गल्फ प्रतियोगिता सम्पन्न, दिगोपनलाई अघि बढाउने प्रतिबद्वता
    images
    images

    काठमाडौँ / लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न गरेको छ । बैंकले दिगोपनलाई अगाडि बढाउँदै काठमाडौँको गोकर्ण रिसोर्टमा शनिबार आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न गरेको हो । 

    ‘स्विङ फर सस्टेनेबिलिटी’ बिषयमा रही गरिएको उक्त प्रतियोगिताले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरूप्रतिको प्रतिबद्वतालाई जोड दिइएको थियो । 

    प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन ९ज्ञ तयल ऋइद्दभ भ्mष्ककष्यल० उत्सर्जन हुने र त्यसलाई परिपूर्ति गर्न ४५ वटा रूख वृक्षारोपण गरिनुपर्ने आँकलन गरिएको बैंकले जनाएको छ । 

    उद्यपि बैंकले कुल १००० वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ। साथै, हरेक सहभागीहरुलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप १(१ बिरुवा पनि प्रदान गरिएको थियो।

    एक दिने सो कार्यक्रममा १०७ गोल्फरहरुको सहभागिता रहेको थियो जसमा ८ महिला प्रतियोगीहरू थिए । सहभागीहरूले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए । 

    प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गोल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरुको उपस्थिती रहेको थियो ।

    प्रतियोगितामा ४३ अंक प्राप्त गर्दै आत्माराम सिम्खडा विजेता भएका थिए भने ४३ अंक प्राप्त गरेका आशिष लाल श्रेष्ठ उपविजेता भए । 
    यसैगरी, ३८ अंकसहित टाशी छिरिङ उत्कृष्ट ग्रस भएका थिए भने, ४० अंक प्राप्त गरेका तुलसी भट्ट वरिष्ठ श्रेणी बिजेता, ३५ अंकसहित तारा कार्की चित्रकार महिला विजेता भए । 

    त्यस्तै, महिलामा उपविजेता सुमित्रा खड्का बनेकी थिइन् । उनले ३० अंक जोडेकी थिइन् भने नोर्बु छिरिङ शेर्पाले सबैभन्दा लामो ड्राइभ गर्न सफल भएका थिए । प्रतियोगितामा अनिल कुमार सिन्हा पिनको नजिक हुन सफल भइ पुरष्कृत भएका थिए । 
      
    विजेताहरुलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गर्नुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गर्दै सो प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्वतालाई थप जोड दिएका थिए ।

    यस वर्षको प्रतियोगिताले लक्ष्मी सनराइजको कर्पोरेट पहलहरूमा दिगोपनलाई एकीकृत गर्न नवीन दृष्टिकोणको उदाहरण दिने बैंकले जनाएको छ । 

    कार्बन फुटप्रिन्ट न्युनिकरण र पर्यावरणमैत्री अभ्यासहरूलाई प्रोत्साहित गर्दै बैंकले आफ्नो गतिविधिहरूलाई #OrangeLovesGreen अभियानसँग एकिकृत गरीरहेको छ र हरित बैंकिङमा आफूलाई अग्रणी रूपमा स्थापित गर्दै आएको छ ।

    लक्ष्मी सनराइज बैंकले यस्ता विभिन्न खेलकुद, सामुदायिक संलग्नता तथा दिगोपनका पहलहरुले समाजमा कसरी सकारात्मक प्रभाव पार्न सकिन्छ भनेर प्रदर्शन गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार