images
images

सेयर कर्जा तीन महिनामै ६ अर्ब ६ करोडले बढ्यो, करोडमाथिको कर्जा लगानी बढी

सेयर कर्जा तीन महिनामै ६ अर्ब ६ करोडले बढ्यो, करोडमाथिको कर्जा लगानी बढी

१ करोड रुपैयाँमाथिको सेयर कर्जा सबैभन्दा धेरै छ । असोज मसान्तसम्म यस्तो कर्जाको रकम ६९ अर्ब ९७ करोड रुपैयाँ छ ।

बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • सेयर कर्जा तीन महिनामै ६ अर्ब ६ करोडले बढ्यो, करोडमाथिको कर्जा लगानी बढी
    images
    images

    काठमाडौँ / एक महिनामै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा ६ अर्ब ६ करोडले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको यो कर्जा १ खर्ब ५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । 

    भदौ मसान्तसम्म ९९ अर्ब ७६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह भएको थियो । चालु आर्थिक वर्षको असार मसान्तयता यस्तो कर्जा १७.५ प्रतिशतले बढेको छ । 

    असार मसान्तसम्म कुल ९० अर्ब ९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह भएको थियो ।

    १ करोड रुपैयाँमाथिको सेयर कर्जा सबैभन्दा धेरै छ । असोज मसान्तसम्म यस्तो कर्जाको रकम ६९ अर्ब ९७ करोड रुपैयाँ छ । यो वर्गको कर्जा वृद्धिदर पनि उच्च छ । 

    असार मसान्तयता यो सीमाको कर्जा २५.१ प्रतिशत बढेको छ । असारयता यो कर्जा ३.१ प्रतिशत बढेको छ ।

    २५ लाखमुनिको कर्जा ७ अर्ब ३९ करोड प्रवाह भएको छ । असार मसान्तयता यो कर्जा १.१ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार