images
images

यी हुन एसोसिएटेड प्रोफेसर र एसिस्टेन्ट प्रोफेसरको उपाधिबाट सम्मानित नेपाल एपीएफ अस्पतालका चिकित्सकहरु

यी हुन एसोसिएटेड प्रोफेसर र एसिस्टेन्ट प्रोफेसरको उपाधिबाट सम्मानित नेपाल एपीएफ अस्पतालका चिकित्सकहरु

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • यी हुन एसोसिएटेड प्रोफेसर र एसिस्टेन्ट प्रोफेसरको उपाधिबाट सम्मानित नेपाल एपीएफ अस्पतालका चिकित्सकहरु
    images
    images
    काठमाडौं / नेपाल एपीएफ अस्पतालका चिकित्सकहरु मध्ये ९ जना Associate Professor र ९ जना Assistant Professor को उपाधिबाट सम्मानित भएका छन् । 
     
    नेपाल एपीएफ अस्पताल बलम्बुमा मंसिर १७ गते आयोजित एक समारोहकाबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनीहरुलाई जिम्मेवारी तथा प्रमाणपत्र प्रदान गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।
    apf3.png
     
    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सिनेट -NAMS_ र नेपाल एपीएफ अस्पताल बलम्बुबीच Post Graduate Program / B.Sc Nursing शैक्षिक कार्यक्रम संचालन गर्ने सम्बन्धमा २०८० माघ २५ गते सम्झौता भएको थियो । 
    सो अनुरुप उनीहरुलाई  NAMS द्वारा शैक्षिक दरबन्दी अनुरुपको जिम्मेवारी तथा प्रमाणपत्र प्रदान गरिएको जनाएको छ । 
    apf7.png
     
    कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पतालले संगठनमा आवद्ध राष्ट्रसेवक तथा आश्रीत परिवारहरुलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नुका साथै आपतकालिन समयमा आमनागरिकहरुलाई समेत सेवा प्रदान गर्दै आइरहेको बताएका थिए । 
    apf.png
     
    चिकित्सा क्षेत्रमा अथक परिश्रम, समर्पण र योगदानको उच्च मुल्याङ्कन स्वरुप ब्ककयअष्बतभ एचयाभककयच र ब्ककष्कतबलत एचयाभककयच को उपाधी हासिल गर्न सफल कन्सल्टेन्ट चिकित्सकहरुलाई नयाँ जोस र उत्प्रेरणाका साथ प्राप्त जिम्मेवारी निर्वाह गर्नुहुने विश्वाससमेत व्यक्त गरे । 
    apf 6.png
     
    उनले नयाँ प्रविधि र अनुसन्धानका माध्यमबाट चिकित्सा सेवाको गुणस्तरमा आमुल सुधारहरु भईरहेको वर्तमान अवस्थामा स्वास्थ्यकर्मीहरुले बिरामीहरुलाई सेवा प्रदान गर्दा समर्पण, इमान्दारिता र संवेदनशीलताले मात्रै बास्तविक रुपमा चिकित्सा पेशाको मान राख्न सकिने बताए । 
    apf 5.png
     
    कार्यक्रममा नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा. रुपक महर्जनले धन्यवाद ज्ञापन गरे । 
     
    एपीएफ अस्पतालले उत्कृष्टता प्रदर्शन गरी २०५८ साल फागुन २ गते मेडिकल शाखा हुँदै २०६२ साल चैत्र ७ गते १ सय १० शैया र २०८१ साल असोज ४ गते ३ सय शैयाको विशिष्टिकृत अस्पतालको रुपमा स्तरोन्नति भएको हो । 
    apf 2.png
     
    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र बंशीराज दाहाल, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु, नेपाल एपीएफ अस्पताल बलम्बुका चिकित्सकहरु र सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुको उपस्थिती रहेको  सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता थापाले बताए । 
     
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार