images
images

चीन भ्रमणले नेपालमा लगानी वातावरण बनेको सन्देश दिन सफल भएको छ : अध्यक्ष ढकाल

चीन भ्रमणले नेपालमा लगानी वातावरण बनेको सन्देश दिन सफल भएको छ : अध्यक्ष ढकाल

शनिवार, मंसिर २२ २०८१
शनिवार, मंसिर २२ २०८१
  • चीन भ्रमणले नेपालमा लगानी वातावरण बनेको सन्देश दिन सफल भएको छ : अध्यक्ष ढकाल
    images
    images

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताएका छन् । 

    प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआईको कार्यन्वयनबारे न्युज एजेन्सी नेपालले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । 

    भ्रमण दलका सदस्य समेत रहेका अध्यक्ष ढकालले भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावित क्षेत्र, विद्यमान कानून, निजी क्षेत्रले लिने पहल लगायतका बारेमा चिनियाँ व्यवसायीहरूलाई जानकारी गराउने राम्रो अवसर मिलेको बताए । 

    उनले परम्परागत कानून परिमार्जन, वैदेशिक लगानी सहजीकरणका बारेमा पनि दुई पक्षबीच राम्रो छलफल भएको बताए । क्रेडिट रेटिङ हुनु आफैँमा राम्रो भएको भन्दै त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको दाबी गरे। 

    अध्यक्ष ढकालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख शहरबाट सिधा उडानका लागि पनि छलफल गरेको बताए । 

    उनले भने, “भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावनाको क्षेत्र, विद्यामान कानून र निजी क्षेत्रले लिने पहल कदमीका बारेमा चीनका व्यवसायीलाई जानकारी गराउने राम्रो अवसर रह्यो । क्रेडिट रेटिङ हुनु आफैमा राम्रो हो र त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको छ । पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख शहरबाट सिधा उडानका लागि पनि हामीले आग्रह गरेका छौँ ।”

    अध्यक्ष ढकालले २०२५ लाई चीनले नेपाल भ्रमण वर्ष घोषणा गर्नु पर्यटनका लागि सुखद् रहेको बताए । उनले सडक, हवाई, रेल र सञ्चार सञ्जालको विकासबाट जोडिनुुपर्ने कुरा प्राथामिकताका साथ राखेको जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार