काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । यसअघि तोलामा १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य पनि घटेर आज तोलामा १ हजार ८ सय ६५ रुपैयाँ मूल्य कायम भएको महासङ्घले जनाएको छ ।
यसअघि चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।