images
images

नेपालमा सुविधा सम्पन्न होटल, रिर्सोट र क्यासिनोको सङ्ख्या बढ्दो, अहिलेसम्म कतिले पाए अनुमति ?

नेपालमा सुविधा सम्पन्न होटल, रिर्सोट र क्यासिनोको सङ्ख्या बढ्दो, अहिलेसम्म कतिले पाए अनुमति ?

सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • नेपालमा सुविधा सम्पन्न होटल, रिर्सोट र क्यासिनोको सङ्ख्या बढ्दो, अहिलेसम्म कतिले पाए अनुमति ?
    images
    images

    काठमाडौँ / नेपालमा सुविधा सम्पन्न होटल, रिसोर्ट र क्यासिनोको संख्या बढ्दै गएको पाइएको छ । पर्यटन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा होटल, रिसोर्ट र क्यासिनो उल्लेखनीय वृद्धि भएको छ । विभागका अनुसार २ सय १२ होटल, १ सय ३२ रिसोर्ट र २६ क्यासिनोलाई सञ्चालन अनुमति प्रदान गरिएको छ । 

    विभागका अनुसार, अनुमतिप्राप्त होटलहरूमध्ये ४७ वटा एकतारे, ५२ वटा दुईतारे, ४० वटा तीनतारे, ३९ वटा चारतारे, २३ वटा पाँचतारे र तीनवटा पाँचतारे (डिलक्स) होटल रहेका छन् । त्यस्तै, साधारण हेरिटेज/बुटिक होटल १, डिलक्स हेरिटेज/बुटिक होटल ३, र लक्जरी हेरिटेज/बुटिक होटल ३ गरी कुल २ सय १२ होटललाई अनुमतिपत्र प्रदान गरिएको छ ।

    विभागले एक सय २३ साधारण रिसोर्ट, ६ डिलक्स रिसोर्ट र तीन लक्जरी रिसोर्टलाई अनुमति प्रदान गरेको छ । त्यस्तै विभागले नौंवटा ठूला क्यासिनो र १७ वटा आधुनिक मेसिन वा उपकरणमार्फत खेलाइने मिनी क्यासिनोलाई अनुमति दिएको छ । यस्तै, तीनवटा क्यासिनो अदालतको स्टे अर्डरका कारण सञ्चालनमा रहेको विभागले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार