images
images

महासंघको विधान संशोधन : अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने, अन्य कुन कुन व्यवस्था भए परिवर्तन ?

महासंघको विधान संशोधन : अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने, अन्य कुन कुन व्यवस्था भए परिवर्तन ?

शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • महासंघको विधान संशोधन : अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने, अन्य कुन कुन व्यवस्था भए परिवर्तन ?
    images
    images

    नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार सम्पन्न विशेष साधारण सभाले सर्वसम्मत रूपमा विधान संसोधन गरेको छ । महासंघको विधान २०४९ मा गरिएको सातौँ संसोधनले संस्थागत बिकासतर्फ महत्त्वपूर्ण निर्णय गरेको छ । महासंघको अध्यक्ष प्रत्यक्ष रूपमा निर्वाचित हुने व्यवस्था गरिएको छ । कार्यकाल दुई बर्षको हुनेछ । 

    २०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो ।

    नयाँ संसोधन अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अध्यक्ष भएर कार्यकाल सकिएपछि हुने बार्षिक साधारण सभाले प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको चयन गर्नेछ । 

    महासंघ कार्यकारिणी समितिमा तीन जना उपाध्यक्ष रहँदै आएकोमा पाँच पुर्याइएको छ । यसैगरी एक जना वरिष्ठ उपाध्यक्ष रहनेछ । वरिष्ठ उपाध्यक्षको चयन पनि कार्यकारिणी समितिले गर्नेछ । जिल्ला नगरतर्फ एक थप गरि दुई जना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । 

    News fncci.JPG

    यसैगरि महिला उपाध्यक्ष रहने पनि व्यवस्था गरिएको छ । महिला उपाध्यक्षलाई कार्यकारिणी समितिले चयन गर्नेछ । तर यसका लागि कार्यकारिणी समितिमा कम्तीमा १२ जना महिला सदस्य रहेको हुनुपर्ने व्यवस्था गरिएको छ । 

    महिला उपाध्यक्षको सभापतित्वमा महिला उद्यमी परिषद पनि महासंघमा गठन हुने व्यवस्था गरिएको छ । महासंघको नेतृत्व तहमा महिला सहभागिता बढाउन जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फ महिला सदस्य निर्वाचित हुने गरि आरक्षणको व्यवस्था गरिएको छ । 

    महासंघ अन्तर्गतको नेपाल युवा उद्यमी फोरमका अध्यक्ष महासंघ केन्द्रिय कार्यकारिणी समितिमा पदेन सदस्यका रूपमा रहने व्यवस्था पनि नयाँ विधानमा गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार